३ आश्विन २०८१, बिहिबार | September 19, 2024

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न परिचयपत्र अनिवार्य



काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताले मतदान गर्न परिचय पत्र अनिवार्य बोक्नु पर्ने भएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै मतदाताहरुलाई परिचयपत्र अनिवार्य लिएर आउनुपर्ने जनाएको छ ।

आयोगले जारी गरेको सूचना अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य रहेकाहरुले मतदान गर्नुपर्ने कानुनी व्यवस्था अनुसार दुबै निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूले मात्र मतदान गर्न पाउने छन् ।

मतदान गर्न जाँदा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा, नेपाली नागरिकताको प्रमाण पत्र वा, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्र साथमा लिएर जानु पर्ने आयोगले जनाएको छ । उल्लेखित परिचय खुल्ने प्रमाणपत्र नभएकाहरुले मतदान गर्न नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन हुने गरि आयोगले निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ११ : १० बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको