२८ मंसिर २०८२, आइतबार | December 15, 2025

भेरी-बबई ‘डाइभर्सन’ को भौतिक प्रगतिः आठ वर्षमा ५९ प्रतिशत



सुर्खेत । निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ ।

टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी  निर्माण कार्य सुरु भएको आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ गराउनुका साथै ४६ मेगावाट विद्युत उत्पादन गर्ने योजना छ ।

चिनिया कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालिले १२ किलोमिटर लामो सुरुङ १० अर्ब ५६ करोड लागतमा निर्माण गरिसकेको छ । तोकिएको समय भन्दा एक वर्ष अगावै टनेल बोरिङ मेसिनको सहायताले सुरुङ निर्माण भइसकेको हो ।

चिनिया कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९/०८० मा काम सम्पन्न गर्नेगरी ११ अर्ब ५२ करोड ६१ लखमा २०७६ साउनमा ठेक्का सम्झौता भएर पावरहाउस तथा सर्ज साफ्ट, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल अन्तर्गतका काम चलिरहेको छ । बाँध र विद्युत् उत्पादन गृह निर्माणका काम सञ्चालनमा छन् ।

सबै चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नु पर्ने कार्यादेश भएको भए पनि यी काम सम्पन्न गर्न थप दुई वर्ष लाग्ने  अनुमान छ । आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ खर्च भएको आयोजनाले बताएको छ । सन् १९९८ मा जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले भेरी बबईको वातावरणीय प्रभाव मूल्यांकन गरी भेरी नदीको पानी बबईमा खसाली जलविद्युत तथा सिँचाइको प्रचुर सम्भावना रहेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो ।

सुर्खेतको भेरीगंगा नगरपालिका ११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न हुँदै छ । ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो रहने बताएको छ । १२ किलोमिटर सुरुङमार्फत भेरीगंगा नगरपालिका ५ हात्तीखालमा भेरीको पानी बबई नदीमा मिसाइने छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ९ : ४६ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर