३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । एमाले बैठक पार्टी कार्यालयमा जारी छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग छलफल हुँदा राष्ट्रपतिको उम्मेदवार गुरु बराल या डोरमणि पौडेललाई बनाउने बताएका थिए । ती नामलाई प्रचण्डले अस्वीकार गरेपछि ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम लिएका थिए ।

आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ११ : १६ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको