काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको हो । प्रवक्ता मोहन श्रेष्ठका अनुसार निर्वाचनमा भोट हाल्ने वा नहाल्ने विषयमा छलफल भइरहेको छ ।
राजतन्त्र पक्षधर पार्टी राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिने र नलिने विषयमा नेताहरुबीच फरक फरक मत रहेको छ ।
प्रतिक्रिया