३ आश्विन २०८१, बिहिबार | September 19, 2024

माधव नेपाललाई पनि प्रधानमन्त्री बनाउने गरी राष्ट्रपतिमा कांग्रेसको दाबी



काठमाडौं। राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन दलहरु उम्मेदवारका विषयमा सहमतिको प्रयासमा जुटेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको बैठकमा विभिन्न विकल्पबारे छलफल भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । तर, सहमति नजुटेकाले शुक्रबार साँझ बैठक बस्नेछ ।

शुक्रबार बिहान बसेको बैठकमा कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेका छन् । तर, कांग्रेस राष्ट्रपति छाडेर सहमति गर्ने पक्षमा छैन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकवर्ष प्रधानमन्त्री दिनेगरी कांग्रेसबाटै राष्ट्रपति बनाउने विकल्वमा पनि छलफल भएको छ ।

यसप्रति माधवकुमार नेपाल पनि सकारात्मक भएको एक नेताले जानकारी दिए । छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

उनीहरुबीचको कांग्रेसलाई राष्ट्रपति, माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री र जसपाबाट उपराष्ट्रपति बनाउने विषयमा छलफल भएको छ । र आजै साँझ ५ बजे बस्ने बैठकमा प्याकेजमै सहमति गर्नेगरी बिहानको बैठक नेताहरुले टुंग्याएका हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : ४१ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको