२८ मंसिर २०८२, आइतबार | December 15, 2025

शेर्पा समुदायमा यसरी मनाइन्छ ग्याल्पो ल्होसार



बुटवल । ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।

शेर्पा समुदायमा ल्होसार अथवा नयाँ साल आउनु भन्दा २-३ दिन अगाडि घर,आगन सबै ठाउँ सफा गर्ने र ग्रह शान्तिको प्रतिक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याक्ने परम्परागत प्रचलन छ । प्रचलनअनुसार सबैले खाइसकेको बाँकी अशं दोबाटोमा फाल्नुपर्छ ।

घर सफा गरी फोहोर मैला फालीसके पछि जसमा गुथुक (नौ प्रकारका गेडागुडी मिसाइ जस्तै मकै, भटमास, केराउ, चना, मुला, चामल आटा आदि मिसाई बनाइएको एक परिकार) सबै परिवार मिलि खाने गरिन्छ । यो खाना सर्वप्रथम भगवानलाई चढाएपछि मात्र खानुपर्छ भन्ने परम्परा पनि छ । परिवारको सख्यां अनुसार पिठोका डल्लाहरू बनाई त्यसभित्र विभिन्न किसिमका (कागज, घ्यू, नुन, खुर्सानी, कोइला आदि इत्यादि) सामग्री राख्ने गरिन्छ । ती सामाग्रहरूमध्ये कागजको अध्ययनशील, घ्यूको चाप्लुसी, खुर्सानीको रिसाउने, कोइलाको डाह गर्ने जस्ता फरकफरक रूपमा अर्थ्याइएको हुन्छ । गुथुक खाने बेला आफ्नो भागमा जुन सामग्री पर्‍यो त्यहि प्रकारको बानी हुने विश्वास समुदायमा रहि आएको छ ।

गुथुक खाइ सकेपछि पुरानो साललाई विदाइ गर्दे नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गी अथवा कोही पनि नउठिसकेको वेला (रातको २-३ बजे) उठेर पानी पधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पूजा गरी धारामा करक्याङ(घ्यू), खादा धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, पुजापाठ गरी सकेपछि प्रसाद भगवानलाई चढाउने गरिन्छ । त्यस पछि घरका ठुलावडाबाट अशिर्वाद लिइ चिया, खप्सा लगायत प्रसाद खाने र विशेष गरी छ्याङगुल (जाँडमा छोर्पी, बदाम, नरिवल किसमिस आदि मिसाएर एक परिकार) खाँदै घर परिवारमा एकआपसमा रमाइलो गर्ने चलन छ । ल्होसारमा अशुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पुजा पनि गर्ने गरिन्छ ।

ल्होसारका लागि तयार पारेर राखिएका परिकारहरू (जस्तै छिमार, खप्से, लगायतका प्रसाद) भगवानलाई चढाउने र घरका सवै परिवार सम्भव भए नयाँ लुगा लगाउने नभए पनि सफा लुगा लगाउने, र मान्यजनको हातबाट आशिर्वाद लिने गरिन्छ । त्यसपश्चात आफ्नो जन्मदिन अनुसारको शुभतिथि (सिज्य) हेरि घरको दुरी, आगँन अथवा डाडाँहरूमा गएर दीर्घायु सु–स्वास्थ्यको कामना सहित घरका सबै परिवारको सुख शान्तिको कामना गर्दै ध्वाजा (लुङ्दार) टाग्ने गरिन्छ र आफ्नो घर–छरछिमेकमा लप्सो मनाउने गरिन्छ । लामाबाट (रम्ने) अभिषेक गरेरमात्र लुङ्दार टाग्नुपर्ने प्रचलन पनि छ । परिवारबीच ल्होसार मनाई सकेपछि छिमेकीलाई घरमा बोलाएर अहिले शहरीय क्षेत्रमा पिकनिक (बनभोज) आयोजना तथा विभिन्न तरिकाबाट पनि ल्होसार मनाउने गरिन्छ ।

(यो समाग्री सामाजिक संजालबाट संकलन गरिएको हो)

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : ०९ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर