३० चैत्र २०८१, शनिबार | April 13, 2025

सुरु भयो नेपालगन्जमा प्रदेश स्तरीय प्रदर्शनी



नेपालगन्ज । महिला उद्यमी संघ नेपाल, बाँकेको आयोजनामा नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०७९ सुरु भएको छ ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नमुनाले शुक्रबार प्रदर्शनीको उद्घाटन गरिन् ।
नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा सुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु, उद्यम र उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । महिला उद्यमीलाई बजारीकरणमा सहयोग गर्दै प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र कर्णाली प्रदेशको सुर्खेतबाट समेत महिला उद्यमीहरु आएका छन् ।

शुक्रबार प्रदर्शनीको उद्घाटन गर्दै लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नमुनाले प्रदर्शनको सफलतको शुभकामना दिईन् । घरमै उत्पादन गरेर निर्माण गरेका वस्तु र उत्पादनलाई प्रचार गर्नमा मेलाले ज्यादै सहयोगी भुमिका खेल्ने भएकोले मेलाको सदुपयोग गर्न उनले महिला उद्यमीलाई आग्रह गरिन् । उनले भनिन, ‘हाम्र्रो समाजमा महिलालाई अगाडी बढन त्यति सहज छैन । हरेक क्षेत्रमा महिलाको सहभागिता न्युन छ । संविधानले व्यवस्था गरेको कुरा पनि पाउन सहज छैन । यस्तो अवस्थामा महिलाहरु आफैं आत्मनिर्भर भएर आफनो क्षमताको विकास गरेर अगाडी बढन सक्नु पर्छ । आफु मन्त्री भएको कारण महिला उद्यमीको भावना अनुसारको काम र एजेन्डालाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’

लुम्बिनी प्रदेश सासद माया पुनले घर व्यवहारको जिम्मेवारी निर्वाह गर्दै आर्थिक समृद्धिको क्षेत्रमा काम गर्नु महत्वपुर्ण कुरा भएको बताईन । महिलाहरु परिवर्तनको शिखरमा भएकोले उद्यमका क्षेत्रमा आत्मविश्वासका साथ अगाडी बढन जरुरी रहेको पुनले बताईन ।

लुकेर बसेका अवसर नपाउने महिलाहरुलाई प्रदर्शनीले ज्यादै नै ठुलो गुन लगाएको भन्दैं प्रदेश सभासद मिना श्रेष्ठले आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले निकै उत्कृष्ट कार्य गरिरहेको बताईन । संघको गतिविधिले महिलाहरुलाई गर्व गर्ने अवसर दिएको भन्दैं श्रेष्ठले संघका हरेक कार्यक्रममा आफुले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् ।

महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष निरुपमा रस्तोगीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदर्शनी संयोजक साबित्रा बस्नेतले महिला उद्यमीको अवस्थाको बारेमा बताएकी थिईन ।

फागुनको ९ गते सम्म चल्ने प्रदर्शनीमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान र सुर्खेत लगायतका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिनेछन् ।

नेपालगन्ज उप–महानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा सुरु भएको प्रदर्शनीमा करिब ६० वटा स्टल राखिएको आयोजकले बताएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : ४३ बजे

सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गरिरहेको छ : अर्थमन्त्री पौडेल

बुटवल । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी

नेवाः सेवा समितिको अध्यक्षमा डिल्लीकुमार श्रेष्ठ

बुटवल । १८ वर्ष पहिले बुटवल र यस आसपासका नेवार

माछा मार्न गएकी दिक्षिकाको राप्ती नदीमा डुबेर मृत्यु

नेपालगन्ज । बाँकेको राप्ती नदीमा डुबेर माछा मार्न गएकी एक

प्रधानमन्त्री आफैं सडक आन्दोलनमा भाषण गर्दै हिँड्नु शोभनीय भएन : महामन्त्री शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राजा ज्ञानेन्द्र

‘शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल