३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी गम्भीर घाइते



काठमाडौं । काठमाडौंको बुद्धनगर स्थित प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको निवासमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका छन् ।

राती ९ः४५ बजेको समयमा घरमा खानापकाउने क्रममा ग्यास विस्फोट हुँदा सांसद भण्डारी र उनकी ८८ वर्षिया माता हरिकला भण्डारीलाई गम्भीर चोट लागेको भण्डारीको सचिवालयले जनाएको छ ।

भण्डारीका सचिवालय सदस्य भुवन भुसालका अनुसार डा. भण्डारीको शरिर २५ प्रतिशत जलेको र माताको शरिर ७० प्रतिशत जलेको चिकित्सकहरुले बताएका छन् । उनीहरुको अहिले किर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

विस्फोट लगत्तै उनीहरुलाई किर्तिपुर अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ५ : ३९ बजे

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने