९ आश्विन २०८१, बुधबार | September 25, 2024

अनुमतिबिना सेवामा शुल्क लिए बैंकले ग्राहकलाई थप १० प्रतिशत दिनुपर्ने



काठमाडौं । बैंक तथा वित्तिय संस्थाले अनुमतिबिना सेवा शुल्क लिए १० प्रतिशत थपेर सेवाग्राहीलाई दिनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले अनुमतिबिना सेवाग्राहीसँग सेवाशुल्क लिएमा सो सेवा शुल्कमा १० थपेर बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको हो ।

सेवाग्राहीले माग नगरेको सेवा दिएर शुल्क लिएमा बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिबिना सेवा दिएर शुल्क लिएमा गुनासो गर्न सेवाग्राहीलाई आग्रह गरेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा गुनासो गर्न मिल्ने व्यवस्था गर्न र दर्ता गरिएको गुनासो सुनवाई नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइलाई जानकारी गराउन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  २ : ११ बजे

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

दाङ । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने

नेपालगन्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको रकम सहित २ जनालाई

खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधार : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

माओवादीले तोक्यो सुपका ९ जिल्ला इन्चार्ज

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका नौ

मधेशका मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको काम

जनकपुरधाम । मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको