२८ मंसिर २०८२, आइतबार | December 15, 2025

सुदुरपश्चिममा एमाले सरकार ढले पछि उन्मुक्ति अध्यक्ष रञ्जिताले भनिन्, ‘सबैले सधैं प्रयोग गर्ने साधन होइनौं’



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सभापति रञ्जिता श्रेष्ठ चौधरीले आफनो पार्टी सधै अरुले प्रयोग गर्ने साधन नभएको बताएकी छिन ।

सुदुरपश्चिम प्रदेशमा आफैले समर्थन गरेर निमार्ण गरेको नेकपा एमालेका राजेन्द्र रावल नेतृत्वको प्रदेश सरकार विश्वासको मत नपाएर आज ढले लगत्तै सभापति श्रेष्ठले आफनो पार्टी बिचारमा कट्टिबद्ध रहेको पनि जनाएकी छिन ।

‘हामी विचारमा कटिबद्ध छौँ, सबैले सधैं प्रयोग गर्ने साधन होइनौं,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘यो देश हाम्रो पनि हो, देशको शासन प्रशासनमा हाम्रो पनी सहभागिता रहनुपर्दछ, भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मुलबासिको अपमान गरेर मुलुक कहिल्यै समृद्धिशाली हुनसक्दैन, त्यसैले जनभावनाको कदर गरौँ, जनमतको कदर गरौ ।’

आफना पति रेशमलाल चौधरीको रिहाई नगरेको तथा कैलालीका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरे पछि आक्रोशित हुदैँ आएको उन्मुक्ति पार्टीले सत्ता साझेदार एमालेवाट मुख्यमन्त्री भएका रावललाई विश्वासको मत नदिदाँ महिना दिनमा नै सुदुरपश्चिम सरकार ढल्न पुगेको छ । गत २७ पुसमा उन्मुक्तिको समर्थनमा रावल सुदुरपश्चिम सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए ।

‘अहिलेसम्म राज्य टीकापुर घटनाप्रति अनुदार छ, मानवअधिकारकर्मीहरुले आँखा खोलेका छैनन्। हामीलाई उचालल्नेहरुको ताँती पनि लामै छ तर हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं,’ उनले फेसबुकमा लामो स्टाटस लेख्दै प्रश्न गरेकी छिन, ‘राष्ट्र प्रति हिजो आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैन रु झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालीरहन्छौं।’

उनका अनुसार न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिएको श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ५१ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर