२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

माओवादी नेताको जिम्मेवारी बाँडफाँट कहिले ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षभन्दा बढी बितिसक्यो । तर, नेताको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता, पोलिटब्युरो गठन, विभाग गठन, केन्द्रीय कमिटीलाई पूर्णता दिने काम अझै हुन सकेको छैन ।

११ पुस २०७८ मा माओवादी केन्द्रको आठौं माहाधिवेशन काठमाडौंमा सुरु भई आठ दिनपछि केन्द्रीय सदस्य चयन गरेर सम्पन्न भएको थियो । त्यसपछिको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘ प्रचण्ड’लाई चयन ग¥यो । धेरै छलफल र बैठकपश्चात पदाधिकारी चयन भए पनि अहिलेसम्म केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन, विभागलगायत बाँकी नै छन् ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले नेताका जिम्मेवारी बाँडफाँटलगायत टुंगो लगाउने भनिएको थियो । तर, सो बैठक यस कुनै निर्णय नै नगर्दै सकिएको छ । आन्तरिक छलफलमै अड्किएका कारण ढिलाइ भइरहेको छ ।

माओवादी केन्द्र सचिव गणेश साहले छिट्टै नेताका जिम्मेवारी बाँडफाँटलगायत टुंगो लगाउने आन्तरिक तयारीमा रहेको बताए । अन्तिम चरणकै छलफलमा रहेको बताउँदै उनले छिट्टै टुंगो लाग्ने दाबीसमेत गरे ।

माओवादी केन्द्र महासचिव देव गुरुङ नेतृत्वमा उपमहासचिव सदस्य रहेको कार्यदलले नेताका कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो । तर, कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यस ठोस निर्णय लिने अधिकार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ ।

गत मंगलबार बसेको पदाधिकारी बैठकले तीन नेतालाई अन्तिम टुंगो लगाउने जिम्मेवारी दिइएको थियो । यी तीन नेतासमेत आन्तरिक छलफलमै छन् । पार्टी महाधिवेशन भएको एक वर्षभन्दा बढी समय बितिसके पनि जिम्मेवारी बाँडफाँट नहुँदा नेताहरू जिम्मेवारीविहीन छन् ।

नेताका जिम्मेवारी बाँडफाँटका साथै स्थायी कमिटीलाई पूर्णता दिने पोलिटब्युरो र केन्द्रीय कमिटीलाई पूर्णता दिने, पार्टी संगठन विभाग, स्कुल विभागसहित ३० भन्दा बढी विभागको नेतृत्वसमेत टुंगो लगाउनुपर्ने हुन्छ ।

केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीलाई पूर्णता दिने, विभाग गठनलगायत महाधिवेशन भएको एक वर्ष बित्दासमेत नगरेको माओवादीले तीनमहिने अभियान घोषणा गर्दै गाउँगाउँ पुग्ने योजनामा छ ।आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ३८ बजे

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा,

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र

लेक लागेर पर्यटकको मृत्यु

मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना

सरकार नसुध्रिए बंगलादेश र श्रीलंका बनाउने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले