३१ भदौ २०८१, सोमबार | September 17, 2024

मन्त्रीहरुले संविधान र व्यवस्था विपरित बोल्न पाउँदैनन : रघुजी पन्त



काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले संविधान विपरित मन्त्रीहरु बोल्दै हिँडेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पन्तले मन्त्रीहरुले संविधान विपरित बोल्दै हिँडेको र प्रधानमन्त्रीले त्यसको काउन्टर गर्नुपरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले संविधानअनुसार मन्त्रीमा शपथ लिएका मन्त्रीहरूले संविधान र व्यवस्थामाथि प्रश्न उठाउन नमिल्ने बताए।

पन्तले देशमा जबरजस्ती क्रिश्चियानिटीको घटना बढेको भन्दै रोक्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोलेका पन्तले जबरजस्ती धर्म परिर्वतन गराएर देशलाई क्रिश्चियानिटी बनाउन खोजेकाले यसलाई रोक्नुपर्ने माग गरेका हुन् ।

जबरजस्ती धर्म परिवर्तन रोक्न अहिलेको कानुन पर्याप्त नभए कानुन बनाएर भए पनि रोक्नुपर्ने बताएका उनले कुनै पनि धर्म र जातका विषयमा हुने विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए । साथै सांसद पन्तले संसद बैठकमा प्रधानमन्त्री र प्रमुख मन्त्रीहरुको उपस्थिति हुनुपर्नेमा जोड दिए ।

उनले संसदको बैठकको सुरुमा प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थिति हुनुपर्नेमा बताएका हुन् । सांसदहरुले बैठकमा उठाएका विषयलाई सरकारले सुन्नुपर्ने उनको माग छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  २ : २० बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित