९ आश्विन २०८१, बुधबार | September 25, 2024

भैरहवा भन्सारको लक्ष्यमा गिरावत



भैरहवा । भन्सार हुँदै नियमित रुपमा आउने मालबस्तुमा अनिवार्य मार्जिन र आयतमै प्रतिबन्ध लगाउँदा भैरहवा भन्सार कार्यालयमा राजश्व संकलनमा असर परेको छ ।

जिप, कार र भ्यान लगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै राजश्व संकलनको मुख्य आधार रहेका ती बस्तुको आयात नहुँदा भन्सारको राजश्व लक्ष्यमा ठूलो गिरावट आएको हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले अघिल्लो वर्षको तुलनामा यस वर्ष ३१ अर्ब ७३ करोड अर्थात् ४७ प्रतिशत राजश्व संकलनमा कमि आएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७८÷७९को पुस मसान्तसम्म १ खर्ब ६२ अर्ब ९१ करोडमा मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड राजश्व संकलन भएकोमा यो आर्थिक वर्ष २०७९÷८०मा १ खर्ब १२ अर्ब ९३ करोडका मालबस्तु आयात हुँदा ३५ अर्ब ४४ करोड राजश्व संकलन भएको छ । जसबाट गत वर्ष लक्ष्यभन्दा ३ प्रतिशत बढि राजश्व संकलन गरेकोमा अहिले लक्ष्यको ५२ प्रतिशतले कमि छ ।

आयात गर्दा अनिवार्य मार्जिन आयातमा प्रतिबन्ध लगाएको कारण राजश्व संकलनमा कमि आएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नााकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १३ महिनादेखि निरन्तर राजश्व संकलन लक्ष्य अनुरुप गर्न नसकेर घट्टोतरी तर्फ जाँदै छ । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार २०७८ मंसिरसम्म लक्ष्यअनुरुप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नै नभई आयात घटदै गएको छ ।

आर्थिक वर्ष २०७९÷८०को सुरुवातसँगै लक्ष्य निरन्तर घट्दो क्रममा छ । पहिलो महिना साउनमा लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजश्व संकलन भएपनि भदौमा ६७, असोजमा ४१, कात्तिकमा ४०, मंसिरमा ३९ र पुषमा ४० दशमलव ५७ प्रतिशतमा सीमित रह्यो ।

यसको मुख्य कारण राजश्वमा योगदान गर्ने मुख्य बस्तु भन्सार यार्डमा नआउनु नै हो । २०७८ पुस ५ गतेदेखि नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गको वाणिज्य बैक र ‘ख’ वर्गको विकास बैकलाई विभिन्न २० वटा हार्मोनिक कोडअन्तर्गतको बस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनुपर्ने प्रावधान लागु गरेसँगै लक्ष्य पार गर्न सकस भएकोमा अहिले आएर खोलिएको र यसले लक्ष्य प्राप्तीमा सहयोग पुग्ने अपेक्षा रहेको भन्सार कार्यालय प्रमुख पौडेलले बताए ।

चालु आर्थिक वर्षमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई गत आर्थिक वर्ष भन्दा ३४ प्रतिशत बढि एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजश्व संकलन लक्ष्य दिएको छ । ६ महिना वितिसक्दा पनि लक्ष्यको २२ दशमलव ७८ प्रतिशत अर्थात ३५ अर्ब ४४ करोड २२ लाख १२ हजार राजश्व संकलन गर्न सकेको छ । अबको ६ महिनामा ७७ प्रतिशत राजश्व संकलन गर्न सके मात्रै लक्ष्य प्राप्तीमा भन्सार पुग्ने छ, जुन असहज छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ३ : ५० बजे

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल

परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा

श्रीलंकाको संसद भंग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद विघटन गरेका

बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण

बागलुङ । बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण

कोरला नाकामा सञ्चार सुविधा विस्तार

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले