काठमाडौं । मंगलबार सेयर बजारमा वृद्धि भएको छ । नेप्से परिसूचकमा आज ३२.७२ अंकले उकालो लाग्दा २१८२.११ विन्दुमा आएर रोकिएको छ । साथैै, मंगलबार २५० कम्पनीको कारोबार भएको छ । आज एक करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस्तै,आज अपी पावर कम्पनीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै, दोश्रोमा माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
ग्रिन भेन्चर्स, आदर्श लघुवित्त वित्तिय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनीको १० प्रतिशतले मूल्य वृद्धि भएको हो । साथै बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यस्तै, कुल १६९ कम्पनीमा उकलो लागेको छ भने ३० कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ । आज १३ उपसुचकहरु मध्ये बैंकिङ बाहेका सबै उपसुचकहरूमा हरियाली छाएको छ ।
प्रतिक्रिया