३१ भदौ २०८१, सोमबार | September 17, 2024

रेखा, सुदन र अमनलाल माओवादीबाट मन्त्री बन्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रले रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीलाई मन्त्री बनाउने भएको छ ।

माओवादीले आज संचारमा रेखा शर्मा, पर्यटनमा किराँती र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मोदीलाई पठाउन लागेको बुझिएको छ ।

नयाँ मन्त्रीहरुको सपथ आजै दिउँसो १ बजे हुँदैछ ।

प्रतिनिधिसभा निर्वाचनमा दाङ २ बाट विजयी शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन । यस्तै, किराँतीले भोजपुरमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका थिए । यसैगरी, मोदी मोरङबाट निरन्तर निर्वाचित हुँदै आएका छन् ।

सत्तासाझेदार दलहरुको हिजो बसेको बैठकमा माओवादीले थप तीन मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको थियो । प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाएको माओवादीले सूचना तथा संचार, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएको छ । यसअघि भौतिक योजना तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ बनिसकेका छन् । राज्यमन्त्रीको टुंगो भने माओवादीले लगाएको छैन ।

 

 

 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ४८ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित