२८ कार्तिक २०८१, बुधबार | November 14, 2024

देशभरका लघुवित्त पीडितहरुले बुटवलबाट गरे आन्दोलनको उद्घोष



बुटवल । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्त विरुद्ध संघर्ष समितिले बुटवलबाट आन्दोलनको उदघोष गरेका छन् ।

बुटवलमा भेला भएका लघुबित्तबाट ठगिएकाहरुले लघुवित्तको खोलमा ठगी बढेको गुनासो गर्दै लघुबित्त खारेजीको माग गर्दै बुटवलमा प्रदर्शन गरेका छन् ।

बिहीबार बुटवलको ट्राफिक चोकमा निकालिएको विरोध र्‍यालीमा सहभागीहरू महिलाहरुले पीडितहरूले सरकारी निकाय गैरजिम्मेवार बन, लघुवित्त संस्थाहरूको खारेजी गर, सामूहिक ऋण मिनाहा गर लगायतका नारा लगाएका थिए । प्रदर्शमा महिलाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

‘नवसामन्ति’ को रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज हुनुपर्ने, सामूहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग सहित आन्दोलन थालिएको समितिका अध्यक्ष मनिराम ज्ञवालीले बताए ।

लुघुबित्त पििडतहरुको प्रदर्शनका कारण बुटवल ट्राफिक चोकको सवारी आवागमन केहीबेर अस्तब्यस्त बनेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ५ : ५१ बजे

कांग्रेस उपसभापति गुरुङसँग सहकारी रकम अपचलनका विषयमा सोधपुछ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाली कांग्रेसका

बाकु ‘कोप’ को आग्रह : हिमाल र समुन्द्रबीच सौहार्दता कायम गरौँ

अजरबैजान । संसारको उच्च भाग हिमाल, तल्लो भाग समुद्र ।

मन्त्रिपरिषद्को निर्णयविरूद्ध परेको रिटमा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणले काटेको उद्योगको लाइन

यु–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्री ओली र प्रमुख विपक्षी दलका नेता प्रचण्डको बधाई

काठमाडौं । पहिलो पटक विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट

नेपाली यु-१९ महिला क्रिकेट टोली पहिलोपटक विश्वकपमा छनोट

काठमाडौँ ।नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा