६ फाल्गुन २०८१, मंगलबार | February 18, 2025

आर्थिक अनियमितताको आरोप लागेका उपरथी शाहीलाई ब्यारेकमै बस्न निर्देशन



काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने निर्देशन दिएको छ ।

उनीमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । विभिन्न जिम्मेवारीमा रहँदा उपरथी शाहीबाट आर्थिक अनियमिता भएको भन्ने उजुरीका आधारमा जङ्गी अड्डाले छानबिन गरिरहेको छ ।

प्रवक्ता भण्डारीले भने, “विगतदेखि नै आर्थिक अनियमितासँग जोडिएर प्रश्न उठेपछि निष्कर्षमा पु¥याउन पर्ने भएकाले उहाँलाई केही समय ब्यारेकमै बस्न निर्देशन भएको हो ।”

उपरथी शाहीको सेवा अवधिसम्बन्धी अदालतको निर्णय र छानबिनसँग कुनै सम्बन्ध नरहेको पनि सेनाले स्पष्ट पारेको छ । भोलि पुस २० गतेदेखि अवकाशमा जान लागेका उपरथी शाहीले आफ्नो अवकास हुने उमेर फरक परेको भनी अदालतमा निवेदन दिएकोमा माग अनुरुप अदालतबाट अन्तरिक आदेश भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ६ : ३३ बजे

‘बालविवाह अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड’

ललितपुर । बालविवाह अन्त्यका लागि विद्यमान ऐन, कानुन, नीतिको व्यावहारिक

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो

टोरन्टो । क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ

सडक दुर्घटना : छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर

मोटरसाईकल चोरी गर्ने बुटवलका २ सहित ५ जना पक्राउ

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका वडा एरिया अन्तर्गत विभिन्न स्थानहरुबाट