८ आश्विन २०८१, मंगलबार | September 25, 2024

पुगेन भैरहवा भन्सारको लक्ष्य



भैरहवा । भैरहवा भन्सार कार्यालयको राजस्व लक्ष्यभन्दा कम सङ्कलन भएको छ । सरकारले विदेशबाट आउने केही सामानको आयातमा कडाइ गरेपछि राजस्व सङ्कलनमा असर परेको हो ।

गत साउनदेखि कात्तिक महिनासम्म लक्ष्य रु ४७ अर्ब ७७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा रु २५ अर्ब १३ करोड मात्रै सङ्कलन भएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिए ।

अर्थ मन्त्रालयले विदेशी मुद्रा सञ्चितिमा कमी आएको बताउँदै १५० सिसिभन्दा माथिका मोटरसाइकल, जीप कार भ्यान, तीन सय डलर मूल्य माथिको मोबाइल, ५० इन्च माथिको टिभी र तयारी मदिरालगायतका सामानको आयातमा रोक लगाएकाले भन्सार राजस्व सङ्कलनमा कमी आएको प्रमुख पौडेलले बताए ।

सरकारले वस्तुको आयातमा अनिवार्य एलसी खोल्नुपर्ने नियम लगाई आयातमा कडाई गरेपछि विदेशी वस्तुको आयातमा समस्या सिर्जना भएको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ । राजस्व सङ्कलनमा कमी आएपछि सरकारले चालु आर्थिक वर्षको मङ्सिर २० गतेपछि महङ्गा गाडी, मोबाइल, मदिरा, मोटर साइकललगायत १० वस्तुमा लगाइएको आयात प्रतिबन्धमा फुकुवा गरे पनि राजस्व सङ्कलनमा सुधार नभएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १० : १८ बजे

क्रिप्टो कारोबार : आरोपी प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

काठमाडौं । क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर

मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने

काठमाडौं । महिला र पुरुष दुवै जना नाबालक भएको र

शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम