५ आश्विन २०८१, शनिबार | September 21, 2024

प्रचण्डको नेतृत्वमा सरकार बनाउन बालकोटमा सहमति, साढे २ वर्षपछि एमालेको सरकार



काठमाडौं । वर्तमान सत्ता गठबन्धनमा फुट आएसँगै नयाँ सत्ता समीकरणले मूर्त रुप पाएको छ ।

नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा बालुवाटार केन्द्रित सत्ता गठबन्धनमा फुट आएसँगै बालकोट केन्द्रित नयाँ गठबन्धन बनेको हो ।

एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुको बालकोट स्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको छलफलमा नयाँ सरकार गठनका लागि सहमति जुटेको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकोट समीकरणले सहमति जुटाएको छ । पाँच वर्षे सरकारको आधा अढाई वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने गरी सहमति जुटेको हो । बाँकी साढे २ वर्षको नेतृत्व एमालेले प्रधानमन्त्री लिनेछ । नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमाभित्रै दलहरुले आजै नयाँ सरकारको दाबी पेश गर्ने सहमति रहेको छ । प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र सीके राउतको जनमत पार्टीका ६ सांसदले पनि समर्थन दिने भएका छन् ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : ५५ बजे

संविधानले दियो प्रमुख पदमा महिला पुग्ने बाटो

काठमाडौं । नेपालको संविधानको मुख्य उपलब्धि हो, समावेशीता । लैंगिक

Transforming Qingshen through Bamboo: A Village’s Green Journey

As we slowly leave Chengdu city via the Third Ring

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ गोरक्षेश्वर मन्दिर नजिकै

‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’

बझाङ । करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित

नामिबियामाथि युएईको कीर्तिमानी जित

काठमाडौं । युएईले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई पराजित