३१ भदौ २०८१, सोमबार | September 17, 2024

रुपन्देहीमा ‘तमु ल्होसार’ पर्व साताव्यापी कार्यक्रमसहित मनाउने तयारी



बुटवल । गुरुङ समुदायको मुख्य पर्व ‘तमु ल्होसार’ रुपन्देहीमा साताव्यापी कार्यक्रमसहित मनाउने तयारी गरेका छन् ।

हरेक वर्षको पौष १५ मा गुरुङको वर्ग (वर्ष) फेरिने भएकाले तमु ल्होसारलाई नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउने प्रचलन रहेको छ । रुपन्देहीमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदले पुस ११ देखि १५ गतेसम्म विभिन्न रचनात्मक र सामाजिक काम गरेर ल्होसार मनाउन लागेका हुन ।

पौष ११ गते रुपन्देहीका ६ वटा नगर तथा ३१ वटा इकाईमा सरसफाई, १२ गते रक्तदान, १३ गते बुटवलको देविनगरमा अपाङ्ग आश्रममा दान, १४ गते बुटवलमै वृहत झांकीसहित नृत्य प्रतियोगिता र १५ गते बृहत समारोह गरी ल्होसार मनाउने कार्यक्रम तय भएको गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीकी अध्यक्ष विमला तमुले जानकारी दिइन् ।

सप्ताहव्यापी कार्यक्रम बारे जानकारी गराउन मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले पौष १५ देखि गुरुङहरुको नयाँ वर्ष २६०६ शुरु हुने भन्दै यो वर्ष बाघ वर्गको विदाई गरी बिरालो वर्गको स्वागत गरिने जानकारी गराइन् । तमु ल्होसार गुरुङ समुदायको सांस्कृतिक पर्व भएको र यसले समुदायलाई एकतावद्ध बनाउने उनको भनाई छ ।

गुरुङ अगुवाहरु झमबहादुर गुरुङ, बालनरसिंह गुरुङ, ओमप्रकाश गुरुङले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएपनि व्यवहारमा आदिवासी जनजाति र गैर हिन्दु समुदायका चाड पर्वलाई सरकारले समान व्यवहार गर्न चुकेको गुनासो गरे ।

रुपन्देहीमा करिब ५० हजार र देशभर ८ लाख गुरुङ समुदाय रहेको अनुमान छ । ती समयुदायहरुको पर्वलाई राज्यले प्राथमिकतामा नराखेको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ११ : ३७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित