३१ भदौ २०८१, सोमबार | September 17, 2024

उषा शेरचनलाई भूपि काव्य पुरस्कार



काठमाडौं । यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । कवि भूपि शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित र थकाली सेवा समिति पोखराद्वारा सञ्चालित यो पुरस्कारको राशि नगद ५० हजार, दोसल्ला र सम्मानपत्र छ ।

पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समिति संयोजक अशोककुमार भट्टचनले जानकारी दिए । १० पुसमा ८९औँ भूपि जयन्तीको अवसरमा पोखरामा हुने कार्यक्रममा उषालाई उक्त पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, थकाली सेवा समिति अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन थिए । हरेक दुई वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

१० पुस १९९२ मा मुस्ताङमा जन्मिएका भूपिका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह (२०२५), परिर्वतन नाटक (२०१०), नयाँ झ्याउरे कविता (२०१०) र निर्झर कविता (२०१५) प्रकाशित छन् । उषाका नजन्मेका आस्थाहरु कविता संग्रह (२०४८), अक्षरहरुका शिविरबाट मुक्तक संग्रह (२०५६), सर्वकालीन पीडा र जागृतिका शंखघोष कविता संग्रह २०६३, तेस्रो रंग कथा संग्रह (२०७०), आँधी उपन्यास (२०७६) लगायत दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उनी यसअघि व्यथित काव्य पुरस्कार २०४३, व्यथित काव्य वनिता पुरस्कार (२०६९), योगेश्वर कला सहित्य पुरस्कार (२०७०), नातिकाजी संगीत पुरस्कार (२०७२), बासु शशि स्मृति वानीरा पुरस्कार (२०७८), पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७) बाट पुरस्कृत भइसकेकी छन् । उनले रत्नश्री सुवर्ण पदक २०४०, कविता महोत्सव पदक (२०४५), वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८), विश्वनारी नेपाली साहित्य पदक (२०७१), भानुभक्त स्वर्ण पदक (२०७१) र सत्यमोहन जोशी शताब्दी पदक (२०७३) पाइसकेकी छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ११ : ५३ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित