२२ पुस २०८१, सोमबार | January 6, 2025

फिफा विश्वकप फुटबल-२०२२ : पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिडदै



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ ।

कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ । अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।

अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ ।

साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ । क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ०२ बजे

भारतमा दुइ बालकमा देखियो एचएमभिपी भाइरस, स्वास्थ्य मन्त्रालयले बोलायो आकस्मिक बैठक

बैंगलोर । भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुइ बिरामी

रसायन तथा मेडिकल संघलाई औषधी व्यवसायी संघको सम्मान

बुटवल । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल, रुपन्देहीमा नवनिर्वाचित

चिसोसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्यो

काठमाडौं । अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण पनि

माघेसङ्क्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौं । माघेसङ्क्रान्ति नजिकिएसँगै टोखाबजारका स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याइ छ

एमाले केन्द्रीय समितिको बैठक सुरु, केन्द्रीय सदस्यले ३-३ मिनेट धारणा राख्ने

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी