६ पुस २०८१, शनिबार | December 21, 2024

एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पठकले जिते



बुटवल । रुपन्देहीको बुटवलमा भएको एघारौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि नव ज्योति मावि मणिग्रामले जितेको छ ।

रुपन्देही जिल्लाभरीका २७ सामुदायिक तथा संस्थागत विद्यालयका प्रतियोगि प्रतिस्प्रर्धी विद्यार्थीहरुलाई पछिपार्दै नव ज्योतिका विद्यार्थी जविक पाठकले उपाधि जितेका हुन् । उनले नगद १५ हजार सहित शिल्ड तथा प्रमाण पत्र प्राप्त गर्न सफल बने । ‘सामाजिक सञ्जालको प्रयोग स् नवीनतम ज्ञानको प्राप्ति वा समयको दुरुपयोग’ भन्ने शिर्षकमा भएको प्रतियोगितामा द्वितीय भएका लिटिल फ्लावर माविका विद्यार्थी समर्थ क्षेत्री फौदारले १० हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पारे ।

एभरेष्ट इङलिस माध्यमिक विद्यालय बुटवल सुख्खानगरले आयोजना गरेको उक्त प्रतियोगितामा क्यानन् मावि बुटवलका साहारा धिताल तृतिय र दीप बोर्डिङका कशिस पाठकले प्रोत्साहन पुरस्कार हात परेका हुन् । उनीहरुले क्रमश नगद ६ हजार, ३ हजार शिल्ड तथा प्रमाणपत्र प्राप्त परेको विद्यालयका सह प्राचार्य भिमसेन गौतमले जानकारी दिए ।

विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षता तथा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमामा बुटवल उपमहानगरपालिका वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्याब्सनका बुटवल नगर अध्यक्ष कुलानन्द पाण्डे, एन प्याब्सनका हुमनाथ ढुङ्गाना, राममणी क्याम्पसका क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने लगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै शैक्षिकसँगै अतिरिक्त कृयाकलापमा विद्यार्थीलाई नियमित सहभागि बनाउन आवश्यक रहेको बताए ।

प्रतियोगितामा बरिष्ट साहित्यकार ऋषिराम भुसाल, डा. शंकर गैरे र हेमराज शर्माले निर्णायकको भुमिका निभाएका थिए । विद्यालयका शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा विद्यालयमा अध्ययन पुरा गरि शैक्षिक उत्कृष्टता हासिल गरेका एक सय एक जनालाई विद्यार्थीलाई विद्यालयले सम्मान तथा पुरस्कृत गरेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ५८ बजे

पत्रकार महासंघ बाँकेका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ र पदस्थापन सम्पन्न

नेपालगन्ज । गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको

प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)

पशुपति शर्मासँगै बुटवलको औद्योगिक व्यापार मेलामा झुमे दर्शक

बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेला २०८१ मा शनिबार

एनपिएलः विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने

एनपिएल विजेतालाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल