३१ भदौ २०८१, सोमबार | September 17, 2024

सार्वजनिक खरिद अनुगमन कार्यालयलाई नटर्ने ८ ठेकेदारलाई अन्तिम मौका



काठमाडौं । कालोसूचीका लागि सिफारिसमा परेका  ८ ठेकेदार कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई समेत अटेरी गरेका छन् ।

कार्यालयले ८ कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने आधार भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । तर उनीहरूले हालसम्म कुनै जवाफ नपठाएको कार्यालयले जानकारी दिएको छ । उनीहरूलाई सात दिनभित्र जवाफ पठाउन कार्यालयले अन्तिम मौका दिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय मातहतको दुर्गालक्ष्मी क्याम्पसले गुण निर्माण सेवा नामको ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । त्यस्तै सुर्खेत सडक डिभिजनले सिरुवा/कविर/सुनकोशी जेभीलाई सिफारिस गरेको थियो ।

यस्तै, पर्साको जगरनाथपुर गाउँपालिकाले मुस्कान सप्लायर्स, भरतपुर महानगरपालिकाले अनुष्ठान कन्स्ट्रयाक्सन, पोखराको सडक डिभिजनले सिरुवा कन्स्ट्रक्सन, वीरगञ्ज महानगरपालिकाले दिल्ली ट्रेडिङ र खैरहनी नगरपालिकाले जयगढी माई निर्माणलाई कालोसूचीमा सिफारिस गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ०६ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित