१० पुस २०८१, बुधबार | December 25, 2024

चितवनमा धान उत्पादनमा वृद्धि



चितवन । जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो ।

यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा सोही क्षेत्रफलमा ८४ हजार नौ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

उनका अनुसार गत आवमा प्रतिहेक्टर तीन दशमलव सात मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष उत्पादन बढेर चार दशमलव दुई पुगेको छ । आव २०७७/७८ मा तीन दशमलव ७९ प्रतिहेक्टर धान उत्पादन भएको थियो ।

रोगहरूको प्रकोपमा कमी, कृषकमा व्यवस्थापन र सचेतनाका कारण उत्पादन बढेको केन्द्रले जनाएको छ । उनका अनुसार धान ब्लक कार्यक्रम र कृषकले रासायनिक मलको अभावमा पनि वैकल्पिक माध्यमबाट मलखाद व्यवस्थापन गरेकाले पनि उत्पादन बढेको हो ।

जिल्लाका सबै स्थानमा धानखेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरामसिनाजस्ता जातका धान लगाइने गरिन्छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : ३१ बजे

बाँडिचुडी खान कांग्रेस-एमालेको सरकार बनेको होईन: ईश्वर पोखरेल

काठमाडौं ।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय सङ्कटको बेलामा

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत

सुनसरी । सुनसरी जिल्ला सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२

नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

काठमाडौं । नेपाल कोरियाबीचको  सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२

क्यान्सर अस्पताल खजुरामा रेडियोथेरापी सेवा सुरु, चल्यो ‘लिन्याक’ मेसिन

खजुरा । पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको सुशिल

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य सामान्य अंकमा घटेको छ ।