१५ पुस २०८१, सोमबार | December 30, 2024

जनताको आवश्यकता नै मेरो प्राथमिकता हो : प्रदेशसभा उम्मेदवार केसी



बुटवल । रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताएका छन् । चुनावी प्रचार प्रसार अभियान अन्तरगत मतदाताको घरदैलोमा रहेका केसीले जनतामाझ आफ्नो प्रतिवद्धता सहित आफूलाई मत दिएर जिताउन आग्रह गरे ।

उनले जनताको आवश्यकता र माग अनुसारको काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै यदि काम गर्न नसके त्यसको प्रष्ट जवाफ दिने बताए । ‘यहाँका जनताको आवश्यकता नै मेरो प्राथमिकता हो ।’ उनले भने –‘चुनाव जितेर गएपछि पनि म प्रत्येक महिना जनताको माझमा आउने छु, जनताका थप आवश्यकताहरु के छन् भनेर सोध्ने छु ।’

उनले एमाले उम्मेदवार लिला गिरीसंग यस अगाडिको निर्वाचनमा गरेका बाचा कहाँ गए भनेर प्रश्न गर्न पनि मतदातासँग आग्रह गरे । २०७४ को प्रदेश सभा निर्वाचनमा एमाले उम्मेवार लिला गिरी निर्वाचित भएर प्रदेश सरकारमा मन्त्री समेत बनेका थिए ।

चुनावमा गिरीले प्रदेशको राजधानी बुटवलमा राख्ने प्रतिवद्धता व्यक्त गरेर भोत मागे पनि निर्वाचन जितेपछि राजधानी सार्ने काममा मुख्यमन्त्री शंकर पोखरेलाई सहयोग गरेर यहाँका जनतालाई धोका दिएको केसीले आरोप लगाए ।

अखिल नेपाल फूटवल संघ (एन्फा)का उपाध्यक्ष समेत रहेका केसीले उक्त निर्वाचन क्षेत्रमा खेल क्षेत्रको लागि मुख्य तीन कामलाई प्राथमिकतामा राखेको जनाएका छन् ।

रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य पदमा उम्मेवार रहेका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा र उनले संयुक्त रुपमा जनता माझ ल्याएको प्रतिवद्धता पत्रमा बुटवलको एन्फा एकेडेमीलाई राष्ट्रियस्तरको आधुनिक रङ्गशालाको रुपमा विकास र विस्तार गर्न पहल गर्ने, तिलोत्तमा नगरपालिकाको वडा नंं ४ डिंगरनगरमा रङ्गशाला निर्माण गर्न पहल गर्ने, खेल सम्वन्धि विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने, र खेलको माध्यामवाट लागू पदार्थका दुव्र्यसनीहरुको जीवनशैलीमा सुधार ल्याउने उल्लेख गरिएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रस महासमिति सदस्य केसी अखिल नेपाल फूटवल संघ (एन्फा) का उपाध्यक्ष, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका सल्लाहकार, नेपाल यातायात मजदुर संघको केन्द्रीय उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीका सदस्य हुन् ।

आफ्नो निर्वाचन क्षेत्रलाई समुन्नत र विकशित बनाउने अठोट गर्दै उनले बुटवलको कालिकापथलाई यथाशिघ्र निर्माण सम्पन्न गर्न कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कालिका पथमा बजार व्यवस्थापन गर्दै रात्रीकालिन बजार सञ्चालनको व्यवस्था मिलाउने पनि उनले बताए ।

त्यस्तै बुटवलको अभियान पथलाई स्तरोन्नती गर्ने, बुटवलको कालिकानगरको कालिका चोक, मिलन चोकको तीनकुने चोक, होराईजन चोक र देवीनगरको चौपारी क्षेत्रमा आकाशे पुल निर्माण गर्न पहल गर्ने, निर्माणाधिन १६÷३६ कुलोलाई यथाशिघ्र सम्पन्न गर्न पहल गर्ने र कुलोमा तटवन्ध गरी कटानवाट जग्गा संरक्षण गर्ने, मजुवा र खयरघारी जोड्न तिनाउ नदीमा पक्की पुल, आर्युवेदिक अस्पतालदेखि मगरघाटसम्मको सडकलाई स्तरोन्नती, तिलोत्तमा चक्रपथ निर्माण कार्य तदारुकताका साथ अघि बढाउने, तिलोत्तमाको ड्राईभरटोल–डिंगरनगर जाने सडकको ढल तथा नाली व्यवस्थित गर्ने, ड्राईभरटोलदेखि दक्षिण पुरानो सडकमा ढल निकाससहित सडक स्तरोन्नती, ड्राईभरटोलदेखि १० नं. चोक १२ नं. हुदैं कुञ्जलापुर चोकवाट करौजियासम्म ढल निकास सहितको सडक स्तरोन्नती, तिनाउ कोरिडोर निर्माण गरी वैकल्पिक मार्गको रुपमा विकास, नया मिलदेखि मोतीपुर जोड्ने सडकमा तीनाउ नदीमा पुल निर्माण केसीको प्राथमिकतामा परेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ५ : ३७ बजे

कर्मचारीको आन्दोलनलाई बेवास्ता गर्दै नेपालगन्ज मेडिकल कलेजको फेरियो नाम

नेपालगन्ज । विगत २० दिनदेखि आन्दोलनमा रहेका कर्मचारीहरुको मागलाई बेवास्ता

‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना, पर्यटकको औसत बसाइ तीन दिन बनाइने

बन्दीपुर । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको

पूर्वगृहमन्त्री खाँणद्वारा बुटवल मेला अवलोकन : कृषि उद्यमशिलता विकामा जोड

बुटवल । पूर्वगृहमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले बुटवलमा

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम आयोजना

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनको डोङग्वान लाओयु क्लबलाई

कास्की । पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन