३१ भदौ २०८१, सोमबार | September 17, 2024

राजु गुरुङको रिट खारेज, रुपन्देही २ प्रतिनिधिसभामा गठबन्धन उम्मेदवार बिहिन



काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सर्वोच्च अदालतबाट सदर भएको छ । रिट निबेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले यसअघिको गरेको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरिदिएको छ ।

शुक्रवार दुवै पक्षको बहसपछि न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरीत देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने ठहर गरेको हो।

आयोगले बैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । त्यसविरुद्ध गुरुङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सो निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको यो आदेशसँगै गुरुङको एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध चुनाव लड्ने घोषणा तुहिएको छ । निर्वाचन कार्यालयले यस अघि डा. निकोलस सहित २ जनाको उम्मेदवारी पनि खारेज गरिदिएको थियो । अव पौडेलका विरुद्ध साना दलहरु सहित केही स्वतन्त्र उम्मेदवारहरुमात्र बाँकी रहेका छन् । गठबन्धनदलले तीनै मध्य कुनै उम्मेदवारलाई समर्थन गरेर जाने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : ५५ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित