१ माघ २०८१, मंगलबार | January 14, 2025

भैरहवाको बाल सुधारगृहबाट ५ जना किशोर भागे



भैरहवा । भैरहवास्थित बाल सुधार गृहबाट गएराति पाँच जना बालक फरार भएका छन् । विभिन्न घटनामा सम्लग्न भएको आरोप प्रमाणित भई भैरहवाको बाल सुधार गृहमा रहेका उनीहरु राती करिब ३ बजे फरार भएको बालसुधार गृहले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले दिएको जानकारी अनुसार भागेका मध्य नवलपरासीका ३ जना रूपन्देहीका र कपिलवस्तुका एकरएक जना रहेको बाल सुधार गृहले जनाएको छ ।

सुधार गृह स्रोतका अनुसार गएराति भान्सा गृहमा पस्नेतर्फको झ्यालको डण्डी काटी उनीहरू भागेका थिए । ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना बालकहरू बस्दै आएका छन् ।

करिब ५ वर्षअघि निर्माण भएको भैरहवास्थित उक्त बाल सुधार गृहको सुरक्षाको लागि प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ ।

भागेकाहरूको विशेष प्रहरी टोली परिचालन गरी खोजी भइरहेको प्रहरीले जनाएको छ । बाल सुधार गृह स्रोतका अनुसार भागेकाहरूमध्ये ३ जना जबरजस्ती करणी मुद्दा एक जना चोरी मुद्दा र एक जना लागुऔषध मुद्दामा प्रमाणित भई सुधारका लागि त्यहाँ राखिएका थिए ।

यसअघि बाल सुधार गृहमा रहेका बालकहरू सुधार गृहको क्षमताभन्दा धेरै भएपछि नेपालगन्ज, दाङ र नवलपुर स्थानान्तरण गर्न खोज्दा आक्रोशित भई तोडफोडमा उत्रेपछि प्रहरीले हस्तक्षेप गरेर साम्य पारेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : ३४ बजे

पूर्वजले देखाएको बाटोमा लागौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले गरेको खोज, अध्ययनको

संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन

काठमाडौं । सरकारले दोस्रोपटक अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन गरेको छ

तराई मधेस केन्द्रित दलबीच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरू

काठमाडौं । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक

परराष्ट्रमन्त्री राणा र कतारका विदेशमन्त्रीबीच फोनवार्ता, विपिनको रिहाइको पहलका लागि अपिल

काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको

सिन्धुपाल्चोकमा विच भलिबल प्रतियोगिता सुरू

चौतारा। सिन्धुपाल्चोकमा विच भलिबल प्रतियोगिता सुरू भएको छ । सिन्धुपाल्चोकको