३० चैत्र २०८१, शनिबार | April 12, 2025

सत्ता गठबन्धनको सहयोगमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिँदैछु : घनश्याम भुसाल (भिडियो सहित)

मध्यरातमा फोन गरेर प्रचण्डले जनाए सघाउने प्रतिवद्धता



बुटवल । शनिबार मात्रै नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

भुसालले आज बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै आज वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको जानकारी गराएका हुन् ।

भुसालले आफुलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको बताए । उनले आफुलाई नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफुले स्वतन्त्रबाटै उम्मेदवारी दिन चाहेको बताए । ‘मलाई हिजो माओवादीका साथीहरुले बिनम्रतापूर्व आफ्नो पार्टीको चुनाव चिन्ह लिएर स्वतन्त्रमा उम्मेदवारी दिन आग्रह गरे । कमरेड प्रचण्डले पनि आग्रह गर्नुभयो । तर मैले स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताएँ ।’, उनले भने, ‘प्रचण्डले गठबन्धनमा प्रधानमन्त्री र माधव कमरेडसँग कुरा गर्नुपर्छ भन्नुभयो । मध्यराती १२ बजे उहाँहरुले मलाई समर्थन गर्ने जनाउनु भयो ।’

भुसालले प्रचण्डले आफ्नो तर्फबाट कुनै उम्मेदवारी नदिई मलाई सघाउ गर्ने प्रतिवद्धता जनाएको बताए । व्यवहारिक राजनीतिमा जहाँ बढी संभावनाहरु छन्, त्यहीँबाट आफुले उम्मेदवारी दिन लागेको भुसालले बताए ।

भुसालले अब आफु सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारको रुपमा आज उम्मेदवारी दर्ता गर्ने जानकारी दिए । उनले आफु राजनीतिक मान्छे भएका कारण अरूक्षेत्रबाट राजनीतिमा योगदान हुनसके पनि संसदबाटै प्रभावकारी हुने भएका कारण चुनावमा उठ्न लागेको बताए ।

भुसालले वाम एकताको कुरा गरेबापत आफुलाई किनारा लगाइएको दाबी पनि गरे । भुसालले नवौं महाधिवेशनमा नीति आफ्नो पारित भए पनि नेतृत्व ओलीको भएको बताए । उनले समस्या त्यहँबाट सुरुभएको दाबी गरे । उनले भने, ‘नीति अनुसारको नेतृत्व आएको भए एमाले भ्रष्टाचार नगर्ने नेताहरूको पार्टी बन्थ्यो, सरकार रोजगार दिनेमा हुन्थ्यो र संगठन चुस्त हुन्थ्यो ।’

भिडियो सहित

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ९ : ०५ बजे

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड हुन्, कारवाही हुन्छ : ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने

एमालेविनाको समृद्ध नेपालको सपना पूरा हुन सक्दैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

डा. कोइराला भन्छन् ‘सरकारका कारण कांग्रेस अप्ठ्यारोमा पर्यो’, देउवा थप्छन्- ‘धेरै ठूलो बदनामी भइरहेको छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी

प्रतिनिधिसभाको एक स्थान रिक्त

काठमाडौं। प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ। संघीय