५ चैत्र २०८१, मंगलबार | March 18, 2025

लमजुङमा दसैं छोडेर अलैंची टिप्न र सुकाउन ब्यस्त अलैंची किसान



लमजुङ । दसैं मनाउन छोडेर लमजुङका अलैंची किसान अलैंची टिप्ने र सुकाउन तल्लिन छन् । अलैंची टिप्न सहरबजार झरेका गाउँ फर्केका छन् । सरकारी तथा गैरसकारी कार्यालयमा कार्यरत स्थानीय पनि गाउँ पुगेर अलैंची टिप्ने र सुकाउने कार्यमा ब्यस्त छन् । गाउँका बुढापाका, बालबालिका तथा युवायुवती अलैंची टिप्न र सुकाउन लागेका छन् । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची सुकाउने भट्टीसम्म कृषकको जमघट छ ।

असोज महिना सुरु भएयता अलैंची टिप्ने र सुकाउने काममा खटिएका उनीहरुले तिहार अगावै सबै सुकाएर बिक्रीका लागि तयारी अवस्थामा पुर्‍याउने योजना बनाएका छन् । गाउँमा अलैंची खेती हुन थालेपछि उनीहरुले दसैं मान्न छोडेका छन् । ुयसपटकको दसैं पनि अलैंची बगान र भट्टीमा बित्ने भो ।ु अलैंची किसान आइतराम तामाङ बताउछन् । अलैंची पाकिसकेकाले सवै किसान अलैंची बारी र भट्टीमा रहेको उनले बताए । पाकिसकेको अलैंची समयमा टिपिएन भने बिस्तारै ढुसी बढ्ने उनको भनाइ छ ।

छिनखोलामा ५५ घर छन् । अहिले सबै घरमा मानिसको बसोबास छ । विकट ठाउँ भएकाले शिक्षा, स्वास्थ्य लगायत विकासको अभावमा बसाइँसराई हुँदा गाउँ रित्तिएको थियो । ‘यति ठूलो गाउँ भए पनि सवै बसाई सरेर १५ घरमा झरेको थियो’ अगुवा कृषक लालबहादुर तामाङले भने, ‘अहिले त सबै गाउँ फर्केका छन् । सबैले अलैंची खेती गरेका छन् । रमाइलो भइरहेको छ ।’

युवा कृषक बलराम लामाका अनुसार अलैंचीले गर्दा युवाहरु विदेश जानबाट रोकिएको छ । विदेश गएकाहरु पनि गाउँ फर्केर अलैंची खेतीमा लागेका छन् ।

 

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १० : २५ बजे

शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

काठमाडौं । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको