३० चैत्र २०८१, शनिबार | April 12, 2025

महिला साफ च्याम्पियनसिप फाइलन : नेपाल विरुद्ध बंगलादेशलाई २ गोलको अग्रता



काठमाडौं । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २-० गोलले पछि परेको छ ।

दशरथ रंगशालामा जारी फाइनल खेलको पहिलो हाफमा नेपाल दुई गोलले पछि परेको हो । खेलको १४ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेपछि नेपाल दबाबमा परेको छ ।

बंगलादेशका लागि सामसुन्नहरले सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले मोनिका चक्माको पासमा गोल गरेकी थिइन् ।

त्यस्तै ४२ औं मिनेटमा स्रीमोती के। सरकारले थप एक गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकी थिइन् । यससँगै नेपाला घरेलु मैदानमा दबाबमा देखिएको छ ।

नेपालले यसपटक साफ च्याम्पियनसिपको उपाधी जित्ने लक्ष्य राखेको छ । पहिलो हाफमा नेपालको पटकपटक कोशिस गरेपनि गोल गर्न असमर्थ भएको छ।

नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदान उत्रिएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : ०९ बजे

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि ट्रिनेटी क्लब वालिङलाई

बुटवल । ट्रिनेटी युवा क्लब वालिङ बुटवलमा जारी प्रिती प्रथम

पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै रिडी क्षेत्रमा रहेको स्याङ्जाको हुनुमान वाटीका

गुल्मी । गुल्मीको रिडी क्षेत्रमा रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाको हनुमान

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको