२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

माछापुच्छ्रे बैंकका ग्राहकले टि.भि तथा इन्टरनेट प्याकेजमा ईएमआई (EMI) सुविधा पाउने



काठमाडौ । माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई EMI सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा बैंक, NITV Streamz Private Limited र Worldlink Communications Ltd बीच त्रिपक्षिय सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा NITV Streamz Private Limited र Worldlink Communications Ltd  को तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा  बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बमोजिम यस बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको Instapay सुविधा मार्फत टि.भि तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज EMI मा लिन सकिने ब्यवस्था गरिएको छ ।

आउँदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी NITV Streamz Private Limited र Worldlink Communications Ltd   ले संचालन गरेकोFESTVTY offer मा ग्राहकले करीव ५६% सम्मको छुट पाउन सक्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिटकार्ड तथा Instapay बाट उपभोग गर्न सक्नेछन् । बैंकको क्रेडिटकार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् ।

हाललाई यो सुविधा  Worldlink Communications Ltd र NITV Streamz Private Limited  को नेपाल स्थित सबै कार्यालयहरु मार्फत उपलब्ध गराईनेछ ।

यस बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

 

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  २ : ५५ बजे

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र

लेक लागेर पर्यटकको मृत्यु

मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना

सरकार नसुध्रिए बंगलादेश र श्रीलंका बनाउने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट