३१ भदौ २०८१, सोमबार | September 17, 2024

अनेमसंघ रुपन्देहीले ग¥यो युवा महिला भेला



बुटवल । अखिल नेपाल महिला संघ जिल्ला कमिटी रुपन्देहीको आयोजनामा जिल्ला युवा महिला भेला सम्पन्न भएको छ ।

अनेमसंघ रुपन्देहीकी अध्यक्ष मधुकला कुँवरको अध्यक्षतामा भएको भेलाको उदघाटन एमाले केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज गुमादेवी आचार्यले गरेकी थिइन् ।

त्यस अवसरमा बोल्दै उनले मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनमा एमालेलाई जिताउने गरी क्रियाशिल हुन आग्रह गरिन् । अनेमसंघकी केन्द्रीय सदस्य समेत रहेकी आचार्यले सत्ता गठबन्धनले एमाले विरुद्ध घेरावन्दी गरेको अवस्थामा महिलाहरु संगठीत भएर चुनावमा होमिने हो भने एमालेको जित निश्चित रहेको दावी गरिन् ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य एवं अनेमसंघ केन्द्रीय सचिवालय सदस्य जानकी न्यौपाने, केन्द्रीय सदस्य लक्ष्मी कोइराला, पम्फावती खनाल, ज्ञानु केसी, थानेश्वरी चौधरी, कल्पना थापा, उमा अधिकारी, पुनम लिगल, शान्ति, विजयलक्ष्मी राय, वसुन्धरा भुसाल, अनेमसंघ जिल्ला उपाध्यक्षद्वय विष्णु केसी, सीता खनाललगायतले बोलेका थिए ।

भेलाले १८ वर्षदेखि ३० वर्षका अनेमसंघ युवा महिला जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । श्रृजना थापाको सहसंयोजक भावना लिगल र सचिव अमृता भट्टराईसहित ३१ सदस्यीय समिति गठन गरिएको अनेमसंघ रुपन्देही अध्यक्ष मधुकला कुँवरले जानकारी दिइन् ।

त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नम्बर १८ मा वडास्तरीय प्रथम भेला सम्पन्न भएको छ । महारानी थारुको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथी एमाले केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज सावित्रा अर्याल, प्रदेश कमिटी सचिवालय सदस्य एवं अनेमसंघ केन्द्रीय सदस्य लक्ष्मी कोइरालालगायतले बोलेका थिए ।

भेलाले अनेमसंघको वडा कमिटी गठन गरेको छ । सोही वडामा १८ देखि ३० वर्षका युवा महिलाको प्रथम भेलाबाट दुर्गा भण्डारीको संयोजकत्वमा नौ सदस्यीय अनेमसंघ युवा महिला वडा कमिटी गठन गरिएको छ ।

 

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ५ : ३८ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित