८ मंसिर २०८१, शनिबार | November 23, 2024

निबन्ध : प्रकृति



मौसम फेरिदै गयो । प्रकृतिको पहिरन र परिधानमा पनि परिवर्तन हुँदै गयो । हरिया बोटहरू पहेँलिन थाले । धर्तीले काँचुली फेर्दै गयो । हेर्दाहेर्दै आँखाका अगाडि शरीरका सवै पतकर उतारेर एकपटक फेरि नयाँ कोपिला र पल्लवित परिधानमा सजिएर धर्तीले ऋतुदानका लागि वसन्तको आगमनसँगै आँफुलाई सर्लक्कै विछाई दिइन् ।

कोपिला फक्रिन थाले । माटो बसाउन थाल्यो । हिम छहरा मधुर स्वरमा छङछङ गर्न थाले । परदेशी चखेवाहरू उखरमाउले गर्मीबाट पाहुना लाग्न थाले । वागहरू खिल्न थाले । भमराहरू पराग साट्न थाले । अल्छि ढुकुरहरू गुड बनाउने ठाँउको जोखना हेर्न थाले । जाँगरिला मौरीहरू चाकामा मह भर्न थाले ।

एकाबिहानै चिवेचरीले सन्देस लिएर आयो वसन्तको । सवै चराचुरूङ्गीहरू घरजम र ऋतु दानका लागि उत्तेजित हुदै चुरिफुरी गर्न थाले । मेरो आगनको धुपीको बोटमा बसेर जुरेलीका जोडिले सल्लाह गर्न थाले । शिरिसको फुलभित्र धोविनीका जोडिहरू देखा परे । मेरो निवासको पछिको मसलाको झोपिलो फुर्कोमा लुकेर कोइलीले नयाँ दुलहीको परिचय माग्न थाल्यो । कोटेरा भंगेरा र चखेवा चखेवीको चुरिफुरी औधी बढेर आयो ।

शीतल साँझ, रंगीचंगी फुलको मगमग वासना, खुलेको आकाश, पूर्णचन्द्र, पल्लवित वागको शान्त खोकिलाभित्र लुसुक्क छिरेर वसन्तले सुहागरात मनाउदै छ धर्तीको काखमा लुटपुटिएर ।

साँझ विहान वरण्डामा निस्किएर मैले प्रकृतिको यो रमणीय लीला हेरेर औधी रमाउछु । र कहिले काँही टोलाउ छु उतै हराउछु घण्टौ सम्म । मेरो मन एकोहोरिएछ र समाहित हुन खोज्छ उतै । समयले व्युझाउछ । यो मेरो सानै दोखिको रोग हो । म रोगी मनो रोगी प्रकृति प्रेमी प्रकृतिको उपासक पनि ।

मलाई हराउन देउ प्रकृतिको खोकिलाभित्र र हेर्न देउ वसन्तको रसिक लीला । निर्लिप्त भएर म हराई दिन सक्छु । म समाहित र लिन हुन सक्छु । मलाई विनासित्ति नव्यूझाउ मेरो समाधिबाट । मलाई लहसिन देउ वसन्तसित । मानिसको जीवनमा पनि वसन्तको वहार आउछ भन्ने कुरा मानिसले आज किन भुल्दैछ । एकपटक उता फर्कन के फुर्सत छैन उसलाई ।

केटाकेटीमा एकाबिहानै खेतमा गोरू चराउन जाँदा म आकाशको वादल हेरेर उतै हाई दिन्थे । खेतको चिसो आलीमा बसेर माछापुच्छ्रे अन्नपुर्ण हेर्दै जाँदा आफुलाई उतै पुर्‍याइ दिन्थे । बाल सुलम मन कोमल थियो । रसिक थियो । त्यसैले होला पश्चिम छितिजको भैरवस्थानको डाँडोमा एकलो लाँकुरीको बोटसित घंटौं कुराकानी गरेर विताएको थिए । म मेरो आमाको एकलकाटे छोरो । सायद त्यसै भएर होला द्यौरालीको एक्लो लाँकुरीको वोटसित मितेरी गाँस्न पुगे । मत एकल काटे पोखरीको मौला झैं भन्ने गीतले मन झन एकोहोरिएको संझना ताजै छ । शान्त एकान्त पोखरीको डिलमा दिनभरी बसेर पोखरीमा ससाना गोटा फालेर पानीको तरंगमा उतै हराइ दिन्थे । आमाले खोज्दै जानुहुन्थ्यो । लाजले भुतुक्कै भएर आमाको पछिपछि लागेको पनि सम्झना छ ।

यो कुनै काल्पनिक कथन र कथा होइन बरू जीवनको अनुभूति हो मेरो । खेतको आलिमा बसेर धवलागिरीको कछारतिर कल्पनाको तन्द्रामा उतैउतै हराएको बेला पापी कमिलाले तिघ्रामा चुटुक्क चिमोटेर होसमा ल्याएको पनि सम्झना छ । अव मेरो ध्यान कमिला तिर एक्कासी आकर्षित भयो । कमिलाको ताँती लामै छ । हेर्दै जाँदा डिलमुनी घर बनाउदै छन् । वर्खाका लागि अन्नपात जम्मा गर्दैछन् । सानो ठुलो सवैलाई खान र वस्न उत्तिकै आवश्यक छ । तर उनीहरू आÏनो वंशज र जातिको रक्षाको लागि समुहमा बस्छन्, समुहमा रमाउछन् र समुहमा नै उनीहरूको युगौंदेखि वंशजको रक्षा भएको छ ।

कमिलाको ताँती छ कसैले सुँढमा माटो बाहिर निकाले र अलि पर पुर्‍याउदै छ कतिले गँड्यौला पुतली किरा मिलेर लतार्दै छन् । अनौठो एकता । मुख जोडेर सल्लाह मसविरा र सुचना आदान प्रदान गर्दछन् । मैले रमाइलेसँग हेरे । जीवन रक्षाकालागि ससाना जीव जन्तुमा पनि चेतना हुने कुरा उनीहरु बाटै सिके । बाच्नकालागि कमिलाले गरेको संघर्ष चानचुन छैन । बाल्यकालको प्रकृतिसितको निकटताले मेरो चेत खुलायो । म त्यतै हराए ।

ती दिन मेरो स्मृति पटलमा खातका खात थुप्रिएका छन् । म सवै फोल्डर एकै साथ खोल्न सक्दिन । हिमाल, छहरा,कमिला,पुतली र पारिको साखिन चौरलाई हेरेर कल्पनाको सागरमा डुवुल्की मारेर घण्टौं हराउनु के मेरो वाल वौलठीपन होइनरु मेरो प्यारो गाँउ घर मेरो आफ्नो माटो बरीको पाटो हावा पानी र रूख विरूवाले मलाई आफ्नो पोल्टोमा हराउन सिकायो निदाउन सिकायो, सपना देख्न सिकायो । र अहिले पनि मैले मेरो माछापुच्छ्रे अन्नपुर्ण र धवलागिरिको कटार तिर मेरो वन पखेरामा नखरमाउली वसन्तले ऋतुदानको याचना गर्दै हिडेकी होली भन्नेलाग्छ ।

त्यसैले होला सायद प्रकृतिप्रति अन्याय भएको यो देहले देख्न सक्दैन कतै जान अनजानमा ज्यादती गरेर कृतध्न बन्न पनि सक्दिन । बरू म उपासक बनिदिन्छु प्रकृतिको, मेरो समाधि र साधना उसकै सेवामा समर्पित गरौंगरौं हुन्छ । तर अपशोच आजको परिवेशले मेरो बाटो छेकेको छ । मेरो हात खुट्टा र हतकडी र नेल ठोकेको छ र मेरो दिमागमा ताल्चा मारेको छ ।

मनले फुल छुन खोज्छ, फुलको विछौलामा मेरी वसन्तीसित हिमालको कछारतिर हटाएर सुहागरात मनाउन चाहन्छ । दुवै मिलेर कालिको गहिरो गल्छीभित्र शालिग्राम टिप्न सघाउन चाहन्छु । मैले छितिज चुम्न खोज्छु तारा बनेर र पनि सक्दिन । मलाई लाग्छ मेरो कल्पना र भावना बाँझिएको छ । रूखिएको छ । सजिएको साँढेको ऋतुदान गर्न के संभव होला ? रूखो बारिमा कोपिला फक्रन कति संभव होला । रूखो मनको आँखाले रसिक संसार देख्न के संभव होला ? मेरो परिवेष रसिक संसारबाट धेरै टाढा पुगेको छ । त्यसैले मैले प्रकृतिको खेल र वसन्तको रसिक संसारलाई एक पटक नजिकबाट हेर्न खोज्छु तर सक्दिन म रसिक संसारबाट निकै पर पुगिसकेको छु एउटा डरलाग्दो मरूभुमितिर । मेरालागि प्रकृतिसित हराउन अव कतै मृग मरिचित हुने त होइन भन्ने त्रासले भित्रभित्रै पिरोल्दै छ ।

म सवेरै वरण्डामा निस्किन्छु । परेवाका जोडिहरू एकदुई गर्दै सयौं आइपुग्छन् मेरा वरिपरी । चारो छरिदिन्छु । डराइ डराइ टिप्न थाल्छन् । मलाई निकै रमाइलो लाग्छ । निर्धाहरू अलि पछि पर्छन् । जोदाहा र मिचाहाले उछिन्छ । एउटा जोडि गुमाएको डुडो छ । उ सँधै पछिपर्छ । सग्लोले ठुगिदिन्छ । उ सँधै रक्षात्मक हुन्छ । मलाई दया जाग्छ । अलग्यै मिलाएर छरिदिन्छु । गाड भनेर गुडतिर जान्छन् । मैले उनीहरूको लीला हेरेर रमाउछु । मलाई मोज खोज्न अमेरिकातिर भाषिनु छैन । मैले मेरो माटोमा मोजको खेतीगर्न सक्छु । मेरै धरतीमा मोजैमोजको वाली लगाउन सक्छु । मैले शेष जीवन हिमशैल शिखरको छाँयामा प्रकृतिको काखमा लाखलाख मोज गरेर रमाउन सक्नेछ । मलाई नतान यो धर्तीबाट कतै । नभड्काउ कोरा कृतिम वैभव देखाएर । मेरो वैभव धर्तीको मुटुमा छ र म त्यसको धड्कन बनेर समाधी लगाउँछु र समर्पित हुन्छु ।

मेरो अगाडिको शिरिषको वोटले मेरो निवासलाई औधी शोभा दिएको छ । त्यसो त धुपी किम्वु वैंश । आग्ला मसलाका बोटहरूको रूप पनि कम छैन । मैले हेर्दाहर्दै शिरिषको बोटले लाजै नमानी आफुलाई निवस्त्र पारी । वसन्तले सुटुक्क अंकमाल गरेर चुम्वक लिन्छ । रौं रौं बाट वासनाका कोपिला निस्किए र फक्रिन थाले । वैजनी पहिरनभित्र सिंगारिएको शिरिषले प्रियसीको स्वागतमा आफुलाई पोखिदिई रातभरीको रतीक्रिडाबाट निथुक्र भएको वसन्तको वहार हेर्नलायक छ ।

एकाबिहानै बाहिर निस्कदा आगम भरी शिरिषको फुल पोखिएको देखेर निकै रमाएर सोचे धर्तीलाई पनि वैस आउदो रहेछ । नजिकै गए । एक अंजुली हातमा उठाए । सुंघे एकपटक रूखतिर हेरे र कृतज्ञता प्रक्ट गरे । कृतज्ञताका दुई थोपा आँसु अंजुलीको फुलमा टप्किए । पापी सूर्यले क्षितिजबाट चियाइ हाल्यो । उसैलाई चढाई दिए । प्रकृतिको यो पारख देखेर रूँ रूँ जस्तो लाग्यो । मन चञ्चल र पुलकित भयो त्यतै कतै रूखमुनि बसेर समाधि लगाउँ र समर्पित होउहोउ जस्तो शरीर रोमाञ्चित भयो । आफुलाई आफैले चपक्क समाए र थामे । मलाई सघाउन सरला टुपुक्क आइन ।

फुल ईश्वरको वरदान हो । देउताको प्रसाद हो कल्चनु हुदैन चुडाल्नु पनि हुदैन भन्ने हजुरवाका आमरण वाणी संझे । मनको देवतालाई खुशी पार्न मनज्ञ चढाए । उसैवेला देखि फूलप्रतिको अगाध श्रद्धाको भकारीमा फूलै फूलले भरेर राखेको छु दिलको एउटा कुनामा । एक पटक फेरि रूखलाई नमस्कार गरे । कति बाक्लो फूलिदिन परेको होला । हरिया पात र काँडाको बीचबाट फूलफूल्छ भन्ने कुरा शिरिषको वोटले मित्थ्या सावित गरिदिएको छ । भन्य प्रकृति, धन्य वसन्त वहार ।

शिरिषले अफूलाई हप्तै देखि वर्साउदै आएको छ । दरवार मार्ग वर पर पापी खुट्टाले कुल्चेको देखेर मन कुडिन्छ । फूलको संसारमा रम्न नसक्नेहरू पापीहरुको रूखो संसारमा वसन्त नपुगी दिए हुन्थ्यो भन्ने लाग्यो । तर पनि प्रकृति पक्ष पाती छैन । वसन्तको वहार नदेख्ने सित पनि रिसाउनु जरूरी छैन ।

स्वयं मेरा आफन्तहरूले इस्ट मित्रहरू कतिले निर्मोही पैतालाले कुल्चे मेरो गाडी फुलमाथी कुद्दा कता कता मुटु चसक्क घोच्यो । आगन सिंगारी दिने परिवेश र परिस्थिति सिंगारी दिने फूलको नियती फक्रेपछि झर्नु थियो झऱ्यो । धर्ती सिंगार्नु थियो वसन्तको आगमन संगै । धर्तीमा वैंस ल्यायो । ऋतु दानका लागि जागृत गरायो, आफुलाई सर्लक्कै विछाएर वसन्तको स्वागत गऱ्यो । सुहाग रात मनाउन विछाईदिएर अनुमति दियो । त्यो भन्दा वढी गुन के लगाउनु थियो र ।

तर विडम्वना शिरिषको फूल उपमा बन्यो कति कवी कलाकारका लागि कतिका लागि उपहास पनि । फूल्नु र अरूका लागि पोखिन के गल्ती थियो रु सवैमा एउटै गुण कहाँ हुन्छ र । उस्तै गुण खोजेर चहार्ने पापी भँवराहरूलाई फूलको के महत्व । मेरो अनुराग धन्य शिरिष, धन्य प्रकृति र वसन्तको वहारलाई ।

प्रकृतिका यी अनेकन क्रिडाहरू मानिसका अगाडि साँझ विहान हरदम जीवन्त छन् । प्रकृतिले मानिसलाई शौन्दर्यको स्वर्गमा रमाउन सिकाएको छ । तर मानिस वैगुनी छ पापी छ प्रकृतिको त्यो गुन विर्सदै छ र प्रकृति प्रति निर्दयी बन्दै छ ।

प्रकृति सचेत छ । मर्यादित र अनुशासित पनि छ । नियमको पालना गर्छ । धर्तीको नियम सार्वभौम र अकाट्य छ । शिरिष भदौ असोजमा किन फूलेन रु सूर्य विर्सेर पनि पश्चिमबाट उदाएन । पृथ्वीले सूर्यको परिक्रमा गर्न कहिले विर्सेन । एकैछिन नियम मिचेर अल्छि गरेर वसिदियो भने प्रलय हुन्छ । तर प्रकृतिकै उपज मानिसले प्रकृतिबाट सिक्न सकेन । नियम पालन गर्न विर्सिदियो । अराजक बन्यो । अराजकको संसार कति दिन टिक्ला र खोई !

ऋतु दानको यौटा मौसम हुन्छ प्रकृति पशुपंक्षी र चराहरूकालागि धर्ती सुहाग रातको विच्छौना वनि दिन्छ बसन्तका लागि । पल्लवित हरियानीको घुम्टो भित्र फुलै फुलले सजिएको धर्तीले ऋतुदानको स्वागत गरेको देखिन्छ । फुल जीवनचक्रको अविराम पहेली हो । रजपछि स्निग्ध र निवृत्त प्रकृतिमा वसन्तले ऋतुराज गरेपछि फूल वर्सिन्छ वोटहरूमा लटरम्म फलहरू फलिरहेका हुन्छन् । यो नियम निरपेक्ष मात्रै होइन सापेक्ष पनि छ ।

मानिसले प्रकृतिको नियम नाघ्छ, प्रकृति प्रति अतिक्रमण र अन्याय गर्न थाल्छ अनि दुस्ख पाउँछ । आफै नियम बनाउँछ र मिच्दै जान्छ । प्रक्रितिलाई बलात्कार गर्छ, अन्याय गर्छ, दुस्ख दिन्छ अनि आफै दण्डको भागी बन्छ र आफैले आफूलाई धोका दिइरहेको हुन्छ ।

समयले धर्ती सिंगार्छ । हराभरा बनाउँछ । समयलेनै धर्तीको पहिरन उतारेर नांगेझार पार्छ र मौसम अनुसारको पहिरन लगाईदिन्छ । ऋतु अनुसार श्रमको बाँडफाँड भएको छ । केही दिन मै शिरिषको वोटलाई हरिया मसिना पातले लपक्कै ढाक्ने छ । प्राकृत छटाको मोहनी गर्भ भित्र छिर्न मानिसलाई फूर्सद छैन । त्यसैले होला मानिस संसारको नियम भुल्छ र दुस्खी हुन्छ ।

मलाई प्रकृतिले निकै ठूलो गुन लगाएकी छे पटक पटक । बाग्लुङ जेलको बन्द कोठरीमा थुनिदा तैले लगाएको गुन जीवन पर्यन्त भुल्ने छैन । दक्षिण तिरको भेन्टीलेसनको सानोचर बाट पारी पाखोलाई चोरी चोरी चियाएर कठोर जेल सजाए सजिलै विताएको थिए । अलिकति आकाशको मुख देख्न पाए पनि हुने थियो भनेर बसेको बेला हरियो पखेरो देख्न पाउँदा कति आनन्द भए होला । सायद त्यो आनन्दानुभूति कमैलाई हुन्छ होला । म पागल बनिदिन्छु तिम्रो काँखमा बसेर टोलाउन पाउँदा । म पागल वनिदिन्छु प्रकृतिको आगनमा नाच्न पाउँदा । मलाई लोकले पागलै भनोस कुनै मतलव छैन । वैशाख जेठको गर्मीमा आगनमा हजुरबा सित सुतेर आकाशका तारा गन्दा गन्दै निधाएको मैले भुल्न सक्दिन ।

के यो मेरो साच्चै बौलठ्ठी पन हो वा प्रकृति प्रतिको सम्मान र सम्मोह ? के म कतै एकोहोरो बहुलाह त बनिन ? म झल्यास्स हुन्छु र मनमनै जवाफ दिन्छ यो मेरो माटोको मोह हो । प्रकृति प्रतिको अनुराग, तपस्या र सायद समाधी पनि यही होला । मानिस पागल बनेर मात्रै प्रकृतिको पहिचान गर्न सक्छ । मेरो धर्ती मेरो प्रकृति म तेरो खोकिलामा समाधी लगाउने छु र समाहित हुने छु । मन अहिले नै मन म त्यो ल्याकतको छु कि छैन ? मलाई तेरो काखमा समाहित हुने अनुमति छ कि छैन भनिदे आजै ।

फेवा र माछापुच्छ्रेको फेदमा रमाउन आउने सवै पागल हुन । राराको रौनक चुम्न सक्नेहरू वा सगरमाथाको हिम पहिरोमा पुरिनेहरू उसो भए सवै पागल हुन † एका विहानै सारंकोट तिर दौडिनेहरू सवै मूर्ख पागल हुन् । उसोभए म पनि मूर्खहरूको वीचमा पागल बनी दिन्छु ।

प्रकृतिको पहिचान नगर्नेहरू साँच्चैका पागल हुन् । प्रकृतिको नियमबाट स्खलित सुन्दरताको पहिचान गर्न नसक्नेहरू, कृतिम मोजको खोजमा भौतारिनेहरूले एकपटक सोचुन् । आÏनी आमा भन्दा सुन्दर र राम्री यो संसारमा अरू कसैको आमा हुन सक्छे रु त्यसैले म भन्छु म पागल प्रेमि प्रकृतिको, उपासक मेरो धर्तीको सर्जक माटो हो । म प्रकृतिको खोकिला भित्र हराउन र रमाउन चाहने एक पीडित पागल ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  १० : २५ बजे

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा

मगर साहित्य महोत्सव : स्वयम् सेवक परिचालनका लागि विद्यार्थी संगठनहरुसँग छलफल

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१

सिन्धुलीबाट १८९ किलो गाँजा बोकेको पिकअप गाडीसहित एक जना पक्राउ

काठमाडौं । सिन्धुलीबाट प्रहरीले १८९ किलोग्राम गाँजा बोकेको पिकअप गाडीसहित

धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क

काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी

गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान