६ आश्विन २०८१, आइतबार | September 22, 2024

क्यानन् माविको संयोजनमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता : पत्रकारद्वय भुसाल र श्रेष्ठ विजयी



बुटवल । हरितालिका तीजको अवसरमा बुटवल-८ सुख्खानगरमा अवस्थित क्यानन् माविले मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । विद्यालयका संयोजन शिक्षक र पत्रकारहरु बीच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको समूह विजयी भएको हो ।

शुभकामना आदानप्रदान तथा मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितमा पत्रकार यमलाल भुसाल र दिनेश श्रेष्ठको समूह विजयी भएको छ । उक्त समुहले शिक्षकहरु मिलनराज गिरी र महेश खनालको समूहलाई पराजित गरेको थियो ।

वेस्टअफ फाइभको उक्त प्रतियोगितमामा पत्रकारद्वय भुसाल र श्रेष्ठको समूहले ३-२ को सेटमा विजयी भएको हो । पहिलो २१-१९, १८-२१, १७-२१, २१-१८ गरी २-२ को बराबरी रहेको अवस्थामा अन्तिम खेल थप रोमान्चक बनेको थियो । कडा प्रतिस्पर्धा रहेको खेलमा पत्रकारको समुहले शिक्षकको समुहलाई अन्तिम सेटमा २७-२५ को अंकले पछि पार्दै जित दर्ता गरेको थियो ।

प्रतियोगितमा पत्रकार यमलाल भुसाल वेस्ट प्लेयरका रुपमा सम्मानित भएको मुख्य रेफ्री विष्णु थापाले बताए । जित र हारभन्दा पनि आपसी सद्भाव र भातृत्व विकासका लागि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक क्यानन् माविका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताए ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ८ : ५३ बजे

बोर्नमाउथमाथि लिभरपुलको सहज जित

काठमाडौं । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथमाथि सहज जित

इस्पोनियलमाथि रियल म्याड्रिडको शानदार जित

काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पोनियलमाथि फराकिलो

आइसीसी विश्वकप लिग-२ मा जित्नैपर्ने दबाबका बिच क्यानडासँग खेल्दै नेपाल

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित

भैरहवामा नेपाली महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा ४ भारतीय सहित ६ जना पक्राउ

भैरहवा । भारतबाट नेपाल आएर जबरजस्ती करणी गरेको आरोपमा ४