९ पुस २०८१, मंगलबार | December 24, 2024

उम्मेदवार सिफारिस गर्दा पैसा नउठाउन मातहत कमिटीलाई कांग्रेसको निर्देशन



काठमाडौं । आगमी ४ मंसिरमा हुन गईरहेको संघीय र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि रकम उठाएको सुचना पाएपछि नेपाली कांग्रेसले सो कार्य रोक्न निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक परिपत्र जारी गदै जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएका हुन् ।

विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम (लेबी) बाहेक अन्य रकम लिने कार्य बैधानिक नहुने पौडेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

‘कतिपय पार्टीका निकायवाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा रकम मागिएको जानकारी प्राप्त भएको भन्दै यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी पत्रमा भनिएको छ, ‘बिभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यवाट बिद्यान तथा नियमावली बमोजिम सबन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम बाहेक उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नुरउठाउन बिद्यान विपरितको कार्य हुने भएकाले त्यस्तो कार्य नगर्नुरनगराउनु हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ९ : २० बजे

हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर

सिमकोट । हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा

मौसम बदली : बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने

काठमाडौं । नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम

खजुरामा पहिलो क्याफे : मण्डला क्याफे एण्ड रेष्ट्रो आजबाट संचालनमा

खजुरा । बाँकेको खजुरामा पहिलो क्याफे एण्ड रेष्ट्रो आजबाट संचालनमा

उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई अध्यक्ष ढकालको आग्रह

तनहुँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले

८८ दिनपछि माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन पुनः सुरु

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको