बुटवल । रुपन्देहीमा नेपाल बन्दको प्रभाव सामान्य परेको छ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको रुपन्देहीमामा सामान्य प्रभाव परेको हो ।
बन्द घोषणा गरिएको भनिए पनि मंगलबार रुपन्देहीमा बन्द प्रभाव यात्रुवाहक सार्वजनिक सवारीसाधनमा परेको भएपनि निजी सवारी साधन चल्न सुरु गरेका छन् । भित्री बजारका पसलहरु छिटफुट रुपमा खुल्न थालेका छन ।
नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको विरोधमा ४ पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेका छन् ।
बन्द गरिए पनि बन्दकर्ता सडकमा देखिएका छैनन् । सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ । बिहानैबाट बुटवलमा बन्दको सामान्य प्रभाव छ ।
लामो दूरीका सार्वजनिक सवारी चलेका छैनन्, मुख्य बजार र स्कूल बन्द छन् ।
प्रतिक्रिया