५ आश्विन २०८१, शनिबार | September 22, 2024

रुपन्देहीमा शुरु भयो नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी



बुटवल । जिल्ला खेलकुद विकास समिति रुपन्देहीले पोखरामा हुन गैरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गरेको छ । तयारी शुरु भएको जानकारी दिन आज बुटवलमा समितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष भुपेन्द्र बहादुर थापाक्षेत्री (हरि) ले प्रदेश सरकारबाट बजेटको आवश्यक प्रतिवद्घता भएपनि अनिश्चित भएकोे बताए । प्रदेशबाट बजेट नआएपनि जिल्ला खेलकुद विकास समिति आफै व्यवस्था गरेर छनौटको तयारीमा लाग्ने उनले बताए । ‘आश मारेको छु ।’–उनले भने । ।

नवौमा भाग लिने ३६ वटा खेललाई विभाजन गरि संयोजक तोकेर अघि बढेको उनले जानकारी दिए । साउन ३० गतेभित्र भाग लिन सकिने खेलहरुको अन्तिम निर्णय गर्ने उनले बताए ।

खेल सम्बद्घ संस्था र क्लबहरुलाई एउटै छातामुनि ल्याउने गरि खेल संस्था र क्लब दर्ताको सुचना समेत बाहिर ल्याएको बताउँदै उनले खेल संस्था दर्ता गर्न १० हजार, क्लब दर्ता गर्न ५ हजार तोकिएको बताए । जिल्लाको सिफारिस बिना प्रतियोगितामा खेलाडीहरुले रुपन्देहीको नाममा भाग लिन नपाउने उनले बताए । जिल्लाले अस्थाई प्रशिक्षकको योजनासहित तयारी गरिएको जनाउँदै क्षेत्रीले विद्यालयहरुसंग समन्वय गरि प्रशिक्षक जिल्लाबाट दिने ब्यवस्थापनको काम गरिने बताए । साउन २५ देखि भदौ ५ गतेसम्म प्रशिक्षण गराउने तयारीमा रहेको उनले बताए ।

रुपन्देही जिल्लामा तेक्वान्दो-२, कराते-३, शारीरिक सुगठन -१, हेन्ड बल-१, कार्यालय प्रमुख १ गरेर ८ जना रहेका छन । राखेपले ३६ वटा खेललाई मान्यता दिएको भए पनि रुपन्देहीबाट बढिमा २८ वटा खेलमा भाग लिएको ईतिहास भेटिएको उनले बताए ।

सरकारी बजेटको पर्खाईमा लामोसमय बितिसकेको भन्दै अब थोरैथोरै सहयोग जुटाएर काम गर्ने बताए । अनुमानित ५० लाख खर्च हुने भएपनि कुनै बजेट नरहेको उनले बताए ।

नवौं राष्ट्रिय खुलकुद असोजको २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुने छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : १४ बजे

भैरहवामा नेपाली महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा ४ भारतीय सहित ६ जना पक्राउ

भैरहवा । भारतबाट नेपाल आएर जबरजस्ती करणी गरेको आरोपमा ४

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शत्प्रतिशत विद्यार्थी पास

सुर्खेत । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको परीक्षामा कर्णाली स्वास्थ्य

पत्रकार तथा सञ्चारकर्मी पुरस्कृत गर्दै प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास

नेपालीका लागि जुनसुकै देश शैक्षिक गन्तब्य बन्नसक्छ : महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा

जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी

ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ले