१० बैशाख २०८२, बुधबार | April 23, 2025

कार्चेनको कार्यकाल सकिएसँगै मन्त्री छान्न माओवादी कर्णाली संसदीय दलको बैठक



सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय छिरीङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिएलगत्तै आज नेकपा माओवादी केन्द्र सांसदीय दलको बैठक सुरु भएको छ ।

माओवादी भागमा परेको उक्त मन्त्रालयमा नयाँ मन्त्री पठाउने विषयमा दलको बैठकले निर्णय गर्ने प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिइन् । गैरसांसद लामालाई माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो । संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना कार्यकाल पूरा भएपछि लामा आजबाट बिदा भएका हुन् ।

शाही मन्त्री बन्दै
कर्णाली सरकारमा अहिले तीन दलीय सत्ता गठबन्धन छ । जसअनुसार माओवादीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण सम्हालेको छ । यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि मन्त्रालय र काँग्रेसले मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेको छ ।

रिक्त रहेको ठाउँमा डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य वीरबहादुर शाहीलाई मन्त्री बनाउने अन्तिम तयारी रहेको स्रोतले बताएको छ । ११ जना सांसद रहेको माओवादीमा दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित ७ जना मन्त्री भइसकेका छन् ।

यस्तै पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन् ।
मन्त्री नभएका बाँकी कृष्णा शाह, रातो कामी पनि संसदका विषयगत समितिमा रहेर काम गरिरहेका छन् । शाह सचेतक रहेकी छिन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १२ : ४२ बजे

जम्मू कश्मीरमा भएको घटनाप्रति प्रधानमन्त्री ओलीबाट दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू कश्मीरको पहलगाममा निर्दोष

अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड सञ्चालन

नवलपरासी । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-बुटवल सडकखण्ड दुईतर्फी

डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा सवारी दुर्घटना

जम्मू-कश्मीर आक्रमण : एक नेपाली सहित २८ जनाको मृत्यु

पाहलगाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौँ । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक