२० चैत्र २०८१, बुधबार | April 2, 2025

स्वास्थ्य बिमा कार्यक्रम १ लाखबाट बढाएर १० लाख पुर्‍याउन एमालेको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल स्वासथ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद योगेश भट्टराईले स्वास्थ्य बिमा कार्यक्रम व्यवसायिक बिमा नभएर सामाजिक सेवा कार्यक्रम रहेको भन्दै निजी क्षेत्रलाई जिम्मा दिने सरकारको तयारीप्रति आपत्ति जनाएका हुन् ।

पछिल्लो समय बिमाबापतको रकम भुक्तानी नभएको बहानामा अस्पतालहरुले कार्यक्रम नै बन्द गरेका भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

एक लाख रुपैयाँले उपचार सम्भव नरहेको भन्दै उनले स्वास्थ्य बिमा कार्यक्रममा अब १० लाख रुपैयाँको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

बिमा कार्यक्रममा १७ लाख परिवार आवद्ध र ५६ लाख ५० हजार मानिस प्रत्यक्ष संलग्न रहेका भन्दै उनले बिमा कार्यक्रममा २० अर्बभन्दा बढी रकम भुक्तानी भइसकेको जानकारी दिए ।

४०० सरकारी अस्पताल र ५० निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रमअनुसार स्वास्थ्य सेवा प्रदान गरिएको भन्दै सांसद भट्टराईले तर, अहिले सरकारले निजी क्षेत्रलाई बिमा कार्यक्रमको जिम्मा दिनेगरी बजेट ल्याएको दोहो-याए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १२ : २५ बजे

हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा

हेटौँडा । मकवानपुर जिल्लामा अवैध गाई गोरु तस्करीको घटना फेरि

नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता

काठमाडौं । नेपाल र थाइल्याण्डबीच केही महत्वपूर्ण सम्झौता भएको छ

गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै

गण्डकी । गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

बैङकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी