२५ पुस २०८१, बिहिबार | January 9, 2025

सम्पत्ति शुद्धीकरणबारे सदनलाई जानकारी गराउन गगन थापाको माग



काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका छन् ।

बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन बनिनसकेको र भएको पनि प्रभावकारीरुपमा कार्यान्वयन नभएको बताए । उनले मुलुकमा व्यापक कर छली र भ्रष्ट्राचार बढिरहेको सन्दर्भमा समष्टिगत मूल्यप्रणाली कमजोर रहेको विज्ञहरुले औँल्याइरहेको भन्दै वास्तविकता सार्वजनिक गर्न आग्रह गरे ।

फाइनान्सियल एक्सन टाक्सफोर्ससँग सम्बन्धित एसिया प्यासिफिक ग्रुप अन मनिलन्ड्रिङको नेपाल सदस्य हो । इपिजीको परस्पर मूल्याङ्कन आगामी अक्टोबर नोभेम्बरमा हुने सुनिएको र यस्तो मूल्याङ्कन मूलतः हाम्रो कानुनी व्यवस्था र कार्यान्वयन र यसको प्रभावकारिताका आधारमा गरिने भएकाले नेपाललाई कालोसूचीमा पर्न नदिन बेलैमा तयारी गरिनुपर्ने सांसद थापाको भनाइ छ ।

सांसद थापाले कालोसूचीमा परे विप्रेषण र आयातमा निर्भर नेपालजस्तो मुलुकको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने एलसी खोल्न नपाउने अवस्था आउन नदिने गरी तयारी गर्न आग्रह गरे । थापाले भने, “मूल्याङ्कनका ४० सूचकाङ्कमा नेपालको अवस्था के छ, विज्ञहरुले आशङ्का गरेको जस्तो कालोसूचीमा पर्न नदिन सरकारले के कस्तो तयारी गरिरहेको छ, त्यो सदनलाई जानकारी गराउन माग गर्दछु ।”

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ४ : १८ बजे

कास्की जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा

पोखरा। कास्की जिल्ला अदालतको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उपल्लो मुस्ताङमा पर्यटक बढे

म्याग्दी । सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो

१८.९४ अंकले घटयो नेप्से परिसुचक

काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ ।

उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्कीए समर्थित समूह

परराष्ट्रमन्त्री राणाद्वारा काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती