७ आश्विन २०८१, सोमबार | September 23, 2024

ढुवानी व्यवसायी र ट्रक व्यवसायी एक भएमात्र यातायात व्यवसायीले प्रतिफल पाउन सक्ने



बुटवल । यातायात क्षेत्रका अगुवाहरुले सरकारले तय गरेको ट्रकको भाडा कार्यान्यवनमा ल्याउनका लागि सोही क्षेत्रका व्यवसायीहरुको एकता र समझदारी जरुरी रहेको बताएका छन् । उनीहरुले व्यवसायीहरुवीचको असमझदारी र व्यवसाय विरोधीहरुको चलखेलका कारण व्यवसाय संकटमा पर्दै गएको भन्दै त्यसलाई बचाएर लैजानका लागि व्यवसायिक एकतामा जोड दिएका हुन् ।

ढुवानी व्यवसायी समिति, रुपन्देहीले शुक्रवार नेपाल राष्ट्रिय ट्रक व्यवसायी महासंघमा लुम्बिनी प्रदेशबाट निर्वाचित पदाधिकारी तथा प्रदेश समितिका सदस्यहरुको सम्मानमा आयोजना गरेको कार्यक्रममा सहभागी व्यवसायीहरुले ट्रक र ढुवानी व्यवसायीहरु एकअर्काका परिपुरक व्यवसायीहरु भएका कारण उनीहरुवीचको एकतामा जोड दिदै ढुवानी भाडामा एकरुपता ल्याउन सगैं जान आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय ट्रक व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले यातायात क्षेत्रका समस्याहरुलाई समाधान गर्नका लागि यसै क्षेत्रका व्यवसायीहरुको सक्रियता जरुरी रहेको बताए । उनले ढुवानी व्यवसायी र ट्रक व्यवसायीहरुमा फुट पारेर फाइदा लिन चाहानेहरुलाई मौका दिन नहुने धारणा राख्दै त्यसका लागि छलफल र भेटघाटलाई बढाउन आग्रह गरे ।

महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद न्यौपानेले ढुवानी क्षेत्रको सबैभन्दा जटिल समस्या भनेका तोकिएको भाडा असुल गर्न नसक्नु रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन नगर्दा व्यवसायीहरु धारासायी बनेर जान थालेको बताए ।

महासंघका केन्द्रीय सचिव उमेश मजगैयाले ट्रक व्यवसायी र ढुवानी व्यवसायीको असमझदारीले भाडा कार्यान्यवनमा आएको समस्यालाई समाधान गर्न सबैको सहयोग जरुरी भएको बताउदै ट्रक व्यवसायी र ढुवानी व्यवसायी गाडीका दुई पांग्रा बनेर अगाडी बढ्ने बातावरण बनाउन आग्रह गरे ।

महासंघका प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले राज्यका कतिपय निर्णयका कारण ट्रक व्यवसायसंगै ढुवानी व्यवसाय धारासायी हुने अवस्थामा आएको बताउदै ढुवानी क्षेत्रमा भाडालाई सहि रुपमा कार्यान्वयन गर्न सबै इमान्दार भएर लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय ट्रक व्यवसायी महासंघको अधिवेशनबाट निर्वाचित केन्द्रीय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, उपाध्यक्ष विष्णु प्रसाद न्यौपाने, सचिव उमेश मजगैया, प्रदेश उपाध्यक्ष यमप्रसाद पाण्डे, केन्द्रीय सदस्यहरु प्रताप कार्की, रुमाखर गौतम, दिनेश थाया लगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : २४ बजे

तिनाउको ड्याममा डुबेर एक भारतीय युवकको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित तिनाउ खोलाको पावर

गुल्मीमा सुक्खा पहिरोमा परी एक महिला बेपत्ता

गुल्मी । सुक्खा पहिरोमा परी गुल्मी मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतान्त्रिक आन्दोलनलाई

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पूर्वसचिवसहित चार जनालाई ८ बर्षको जेल सजाय

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका