काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच भिसा डेविट र क्रेडिट कार्डवाहकले क्यूआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआर हरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको हो ।
यस सम्झौता पश्चात बैंकका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकले सम्बन्धित कार्डको शर्त बन्देज तथा सुविधाको अधिनमा रहि क्यूआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकलाई थप सुविधा प्राप्त हुनेछ ।
मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।
प्रतिक्रिया