नेपालगन्ज । पछिल्लो जन आन्दोलन सकिएको १६ वर्ष पुरा भइसकेको छ । २०६२/६३ को आन्दोलन नेपाली इतिहासमा युगान्तकारी आन्दोलन थियो । नेपालमा त्यसअघि भएका सबै आन्दोलनहरुले सत्ता र सरकार परिवर्तन गरेपनि २०६२/६३ को आन्दोलनले व्यवस्था नै परिवर्तन गरिदिएको थियो । एउटै वंशको सन्ततीले राज गर्ने व्यवस्थालाई परिवर्तन गरेर जनताका सन्तान जनताकै अभिमतबाट राष्ट्र प्रमख बन्नेदेखि नागरिकलाई आवश्यक पर्ने सबै आधारभुत सरकारी कामकाजका आवश्यकताहरु गाँउकै पालिकाबाट गर्न सकिने भएको छ । सबै धर्म, जाति, भाषा र सम्प्रदायले हामी पनि नेपाली भन्ने अनुभूत गर्न पाएका छन् । यी सबै परिवर्तन सानो दुःखले भने आएका होइनन् । हजारौं नेपालीको बलिदान, संघर्ष र त्यागले मात्र आजको परिवर्तन आउन सफल भएको हो । त्यही परिवर्तनको आन्दोलनमा सहिद बनेकी एक बीर महिलाको नाम हो सेतु बिक ।
तर दुर्भाग्यको कुरा, सेतु बिक सहिद भएको १६ वर्ष पुरा हुँदा पटक पटक सेतु बिकमाथि अपमान जारी छ । सहिदको सालिकमाथि निरन्तर प्रहार गरिँदै आएको छ । १६ वर्ष पुरा हुँदा आन्दोलनताका तत्कालिन राजाका सालिक ढाल्दै हिँडेकाहरु स्वयं राजाको सालिक पुनस्र्थापना गर्ने पक्षमा लागेका पनि देखिएका छन् । सेतु बिक जस्तै सहिदहरुका रगतको बलले सत्तामा पुगेका दलका नेताहरु भने पटक पटक सेतु बिकको सालिकमाथि आक्रमण हुँदा पनि शसक्त प्रतिकार गर्ने हिम्मत राख्न सकेका छैनन् । हुँदा हुँदा सेतु बिकलाई जबर्जस्ती आन्दोलनमा ल्याईएको, धकेलाधकेलमा भिडले कुल्चिएर मृत्यु भएको, सहिद भन्न नमिल्ने जस्ता कुतर्कहरु पनि हुन थालेका छन् ।
त्यो बेला, बाँकेको उखरमाउलो गर्मी, तातो हावा र टन्टलापुर घाम । मौसम जति तातो थियो आन्दोलनको माहौल पनि त्यती नै तात्दै थियो । शहरमा कब्जा गर्न नसकेपनि नेपालगन्जको वरिपरिबाट माओवादी लडाकुहरुले पनि नेपालगन्जलाई घेरेका थिए । नेपालगन्जमा खुलेरै नहिँडेपनि बाँकेको खजुरा, कोहलपुरको आसपास र राप्तीपारीका गाँउहरुमा माओवादी लडाकुहरु खुल्लै हिँड्डुल गर्ने गर्थे । कहिलेकाहीँ पुग्ने सेनाको गस्तीका बेला स्थानीयले लुकाएपनि अन्यबेला उनीहरुको गाँउतिर जमघट नै हुने गर्दथ्यो ।
तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेर शासन चलाएपछि राजासँग रुष्ट भएर माओवादीसँग सहकार्य नगरी आन्दोलन गर्न नसकिने निष्कर्षमा पुगेका संसदवादी दलहरुले पनि औपचारिक ढंगले नै माओवादीसँग सहकार्य गर्ने निर्णय गरिसकेका थिए । २०६२ सालको अन्त्यतिर पुग्दा १२ बुँदे सम्झौता र पटक पटकको वार्तापछि माओवादी र संसदवादी दलहरुले अघोषित संयुक्त संघर्ष गर्ने निर्णय गरिसकेका थिए ।
०६२ सालको माघबाटै आन्दोलनको घोषणा गरेर सडकमा उत्रिएका संसदवादीदलहरुले जति बल गरेपनि जनता सडकमा उत्रन तयार नभएपछि माओवादीको सहकार्यमा आन्दोलन अगाडि बढाउन उनीहरु बाध्य भएका हुन् भन्दा फरक पर्दैन ।
२०६२ सालको माघबाटै आन्दोलनको घोषणा गरेर सडकमा उत्रिएका संसदवादीदलहरुले जति बल गरेपनि जनता सडकमा उत्रन तयार नभएपछि माओवादीको सहकार्यमा आन्दोलन अगाडि बढाउन उनीहरु बाध्य भएका हुन् भन्दा फरक पर्दैन । खुल्ला कार्यक्रमको संयोजन संसदवादी दलहरुले गर्ने र गाँउबाट सर्वसाधारण नागरिककारुपमा माओवादी लडाकुहरु शहर पस्ने रणनीति अनुसार नेपालका हरेक शहरहरुमा जस्तै नेपालगन्जमा पनि आन्दोलनले गति लिँदै थियो । बाँकेमा संसदवादी दल र माओवादीहरुकाबीच भेटघाट गर्ने मुख्य थलो बाँकेको खजुरा क्षेत्र नै हुने गर्दथ्यो । माओवादी भइनसकेका आईपी खरेल, मानवअधिकारको क्षेत्रमा काम गरिरहेका भोला महत, सीपी सिंह, पत्रकार झलक गैरेसहित हामी, माओवादी र संसदवादीदलका बीच पुलको भूमिकामा पनि देखिने गर्दथ्यौं । राज्यसँग जोगिँदै दलहरुको प्रस्ताव माओवादीसम्म पु¥याउने र माओवादीको खुल्ला योजना दलहरुसम्म पु¥याएर बीचको बाटो निकाल्दै आन्दोलनका कार्यक्रमहरुको संयोजन गर्ने काम हामीले गर्दथ्यौं ।
आन्दोलनको उभार हरेक दिन बढ्दै गएको थियो । चैत्र महिनादेखि नै चर्केको आन्दोलनको उभारले तत्कालिन राजाको शासनलाई कमजोर बनाउने क्रम जारी थियो । आन्दोलनमा नेपालगन्जमा खासै स्थानीयको जमघट नभएपनि खजुरा, राप्तापारी र कोहलपुरबाट आएका आन्दोलनकारीले नेपालगन्ज तात्थ्यो ।
२०६३ बैशाख ५, त्यस दिन पनि बिहानैदेखि गाँउबाट प्रदर्शनका लागि शहर पस्ने क्रम सुरु भएको थियो । नेपालगन्जका सबै नाकाहरुबाट बिभिन्न साधनहरु प्रयोग गर्दै नागरिकहरु नेपालगन्ज प्रवेश गरिरहेका थिए । प्रायः सबै नाकाहरुमा हतियारसहितको माओवादी लडाकुहरु आन्दोलनमा सहभागि हँदै गरेको सूचनाका आधारमा सादा पोशाक र बर्दीधारी सेनाहरुले कडा चेकिङ गरिरहेका थिए ।
२०६३ बैशाख ५, त्यस दिन पनि बिहानैदेखि गाँउबाट प्रदर्शनका लागि शहर पस्ने क्रम सुरु भएको थियो । नेपालगन्जका सबै नाकाहरुबाट बिभिन्न साधनहरु प्रयोग गर्दै नागरिकहरु नेपालगन्ज प्रवेश गरिरहेका थिए । प्रायः सबै नाकाहरुमा हतियारसहितको माओवादी लडाकुहरु आन्दोलनमा सहभागि हँदै गरेको सूचनाका आधारमा सादा पोशाक र बर्दीधारी सेनाहरुले कडा चेकिङ गरिरहेका थिए । खजुराबाट नेपालगन्ज पसेका नागरिकहरुमा सेतु बिक पनि एकजना थिईन् । छिमेकीहरु बिहानै आन्दोलनका लागि भन्दै खाना खाएर नेपालगन्जतर्फ हिँड्दै गर्दा सेतु बिक पनि एक काम दुई पन्थ हुने गरी घरबाट निस्केकी थिईन् । आन्दोलनमा जाने, खोकी लागेकाले भेरी अस्पतालमा चेक गराउने र समय बचे भारतको रुपैडिया पुगेर दैनिक उपभोग्य सामान पनि ल्याउने गरी सेतु बिक घरबाट निस्केकी थिईन् । काखको छोरासहित ३ छोरा घरमै छाडेर उनी आन्दोलनकारीहरुले प्रयोग गरेकै बस चढेर नेपालगन्ज पुगेकी थिइन् ।
खजुरामा माओवादी र अन्य राजनीतिक दलहरुबीच समन्वय गरेर आन्दोलनमा नागरिक उतार्ने कार्यमा कांग्रेसबाट रामेश्वर कँडेल, कमलराज रेग्मी, हरिप्रसाद ढुंगाना, रमेश सिंजाली, महेन्द्र मल्ल, शेरबहादुर गुरुङ लगायतका नेता सक्रिय थिए भने एमालेबाट नन्दलाल रोकाया, बाबुराम गौतम, युवा नेता सतिस निरौला, किरण ढकाल, मानबहादुर ओली, भिम ओली, होमनाथ सापकोटा (केही नाम छुटेका पनि हुन सक्छन्) लगायत सक्रिय थिए । उनीहरुसँग समन्वय गर्न बर्दिया बसेर मोर्चा सम्हालेका माओवादी नेताहरु नरेन्द्रजङ पिटर, तत्कालिन जनसरकार प्रमुख पुर्णा कुमारी सुबेदी, डम्बर बिक तुफान, नबिन शर्मा, कमल पोखरेल संगम लगायतका नेता अग्रभागमा देखिएका थिए ।
आन्दोलन चर्किंदै जाँदा आन्दोलनकारीहरुको निशाना राजाका सालिकतर्फ केन्द्रीत हुन थाल्यो । दलहरुको पूर्व योजना विपरित जुलुसकैबीचबाट युवाहरु एकाएक सालिकहरु विरुद्ध खनिन थाले । त्यसलाई रोक्ने कसैको हिम्मत र ताकत थिएन त्यतिबेला । युवाहरुको एक भीडले भेरी अस्पतालभित्र रहेको महेन्द्र र रत्नाको सालिक फोड्न लाग्यो । अस्पताल अगाडि रहेका प्रायः सबै मेडिकल अगाडिका बेन्च, बाटाका ढुंगा र घरेलु हतियार घनले प्रहार गर्दा पनि महेन्द्र रत्नाको सालिक फोड्न नसकेपछि जुलुस त्रिभुवनचोक तर्फ हान्नियो । त्रिभुवन चोकमा रहेको सालिक मिनेट भरमा ढालेर जुलुस विरेन्द्रको सालिक ढाल्न धम्बोझी पुग्यो । त्यहाँको पनि सालिक ढल्यो । त्यसपछि जुलुसको आक्रोस हाल सेतुबिक चोक रहेको स्थानमा रहेको तत्कालिन राजा ज्ञानेन्द्रको सालिक राख्न तयार हुँदै गरेको संरचनामाथि देखियो । जुलुस त्यता पुगेसँगै प्रहरीलाई पछाडि धपाएर सादा पोशाकमा आएका माओवादी लडाकु र सर्वसाधारणले त्यहाँ बन्दै गरेको संरचना ढाल्न थाले ।
सोही क्रममा आवेगमा केही माओवादी लडाकुहरुले लुकाएर ल्याएको हतियार निकाल्ने प्रयास देखे लगत्तै पत्रकार झलक गैरेसहित हामीले उनीहरुलाई हतियार प्रयोग गर्न रोकेका थियौंं । माओवादी लडाकुले फायर खोलेको भए धेरैजनाको ज्यान जाने निश्चित थियो । नजिकै समाचार संकलनकै क्रममा पत्रकार जे पाण्डेले पनि समाचार संकलन सँगै आन्दोलनलाइै उग्र हुनबाट रोक्ने प्रयास गरिरहेका थिए ।
संरचना ढल्दै थियो, प्रहरीले थप शक्ति मगाएर लाठी चार्ज ग¥यो । लाठी चार्जबाट पनि आन्दोलनकारी पछि हटेनन् । त्यसपछि प्रहरीले अश्रुग्याँसको सेल छाड्न थाल्यो । लगातार अश्रुग्याँस प्रहार हुन थालेपछि जुलुस तितरबितर हुन थाल्यो । सोही क्रममा आवेगमा केही माओवादी लडाकुहरुले लुकाएर ल्याएको हतियार निकाल्ने प्रयास देखे लगत्तै पत्रकार झलक गैरेसहित हामीले उनीहरुलाई हतियार प्रयोग गर्न रोकेका थियौंं । माओवादी लडाकुले फायर खोलेको भए धेरैजनाको ज्यान जाने निश्चित थियो । नजिकै समाचार संकलनकै क्रममा पत्रकार जे पाण्डेले पनि समाचार संकलन सँगै आन्दोलनलाइै उग्र हुनबाट रोक्ने प्रयास गरिरहेका थिए । पत्रकारिताका क्रममा झलकजीले धेरै लडाकु चिन्थे र हामीले खजुरा क्षेत्रमा माओवादीको सेल्टर नै भएकाले पनि धेरै लडाकु चिन्थ्यौं । केहि लडाकुले प्रहरीकै हतियार खोसेर प्रहरीतर्फ कर्क गर्न खोज्दा त्यो हतियार पनि हामीले खोस्यौं र पड्कन दिएनौं । सोही क्रममा प्रहरीले छाडेको टियर ग्याँसको सेल सेतु बिकको छातीमा लाग्यो । उनी अहिलेको क्युएफएक्स (तत्कालिन बागेश्वरी हल) अगाडि ढलिन । केहिबेर ढलेकी सेतु आफै उठेर त्यहाँबाट भागिन् तर ग्याँसको असरले उनी घरबारीटोलको पछिल्लो गल्लीमा पुगेर फेरि ढलिन र बेहोस भइन् ।
एकजना महिला घरबारी टोलमा बेहोस अवस्थामा रहेको भन्ने खबर पाउनासाथ हामी त्यहाँ पुग्यौं । बाटैबाट लियो क्लबको एम्बुलेन्सलाई खबर भइसकेको थियो । एमालेको तर्फबाट बनाइएको घाइते उपचार टोलीका सदस्य एवं लियो क्लवका अगुवा रबिन्द्र लम्साल एम्बुलेन्स लिएर घरबारी टोल पुगे र सेतुलाई लिएर भेरी अस्पतालतर्फ लागे ।
भेरी अस्पतालले लखनउ रेफर ग¥यो । लखनउ लैजान पैसा थिएन । तत्काल लम्सालसहित घरेलु महासंघका ओपी राणा, इन्सेकका भोला महत सहितका अधिकारकर्मीहरुले गोजीमा भएको रकम उठाएर कांग्रेसका दिवंगत नेता कमलराज रेग्मीसहित ३ जना (बाँकी २ जनाको नाम बिर्सें) ले सेतु बिकलाई लिएर लखनउतर्फ लागे । बिडम्बना भारतको बहराइच पुग्दा उनको एम्बुलेन्समै मृत्यु भयो ।
आन्दोलनकै मोर्चाका बीचमा सेतु टियर ग्याँसको सेलले छातीमा लागेर ढलेकी थिइन् । उनी कसैको करकापमा आन्दोलनमा आएकी थिइनन् । माओवादीले आन्दोलनमा सरिक हुन सार्वजनिक आह्वान गरेपनि अनिवार्य उपस्थित हुन उर्दी जारी गरेको पनि थिएन । राजनीति नबुझेपनि छिमेकीहरुको साथमा नेपालगन्ज आउनुको मुख्य काम सेतुको जुलुसमा सहभागि हुनु नै थियो । जुलुस सकेपछि अन्य केही काम पनि साँचेकी थिइन् सेतुले , तर तीनको त्यो काम भने पुरा हुन पाएन । राज्यको दमनको शिकार बनेर सेतुले दुध खाँदै गरेको नाबालक सहित ३ छोरा गुमाएर देश र जनताका लागि सहिद भइन् ।
प्रतिक्रिया