७ आश्विन २०८१, सोमबार | September 23, 2024

जीवनराम श्रेष्ठको प्रश्न– काठमाडौंलाई राजधानी जस्तो बनाउन यहीँ जन्मेको मान्छे प्रधानमन्त्री बन्नुपर्ने हो र ?



काठमाडौं । एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले काठमाडौं देशकै राजधानीजस्तो बन्न नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले राजधानी देशको अनुहार रहेको बताए ।

तर, देशकै अनुहार मानिने राजधानीको सुन्दरता, व्यवस्थापन, वातावरण नियालेर विदेशीले नेपालबारे मनस्थिति बनाउने भन्दै उनले भने, ‘काठमाडौंलाई राजधानी जस्तो बनाउन, राजधानीबाटै प्रधानमन्त्री बन्नुपर्ने हो कि रु, महत्वपूर्ण मन्त्री बन्नुपर्ने हो कि रु सरकारको ध्यान राजधानी बनाउन किन ध्यान जाँदैन रु’

काठमाडौंलाई बस्नयोग्य, हेर्न योग्य, घुम्न योग्य राजधानी बनाउनुपर्ने भन्दै उनले यसका लागि योजना ल्याउनुपर्ने बताए ।

काठमाडौंमा फ्लाइओभर, अन्डरपास बनाउने योजना कार्यान्वयन नभएको भन्दै उनले सम्पदा, संस्कृति र सभ्यताको सहर काठमाडौंको विकासलक्षित कार्यक्रम ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १२ : २० बजे

धनुषामा हिरासत कक्षबाट आठ थुनुवा फरार

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र

छविलाल जोशीलाई आज अदालत लगिदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा

नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना