काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।
सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप “Century Pay ” प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया