२७ फाल्गुन २०८१, मंगलबार | March 11, 2025

एमाले र एकीकृत समाजवादी बन्न नसकेका नेता बामदेव गौतमले गीत लेख्दै मागे कलम चिन्हमा भोट (भिडीयो सहित)



बुटवल । एमाले, माओवादी र एकीकृत समाजवादी कतै नखुलेका राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एकीकृत समाजवादीको कलम चिन्हका लागि मत माग्दै चुनावी गीत लेखेका छन्।

माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीको लागि गौतमले लेखेको चुनावी गीतमा पटक पटक एकीकृत समाजवादीलाई हाम्रो पार्टी लेखिएको छ । गौतमले गीतमा एकीकृत समाजवादीले नै देश र जनातालाई गरिवीबाट मुक्ति दिलाउने लेख्दै कलम छापमा भोट हाल्न आह्वान गरेका छन् ।

आजैबाट गौतमले लेखेको गीतको म्युजिक भिडीयो युट्युवबाट सार्वजनिक गरिएको छ। सार्वजनिक भएको चुनावी गीतको भिडिओमा बामदेव आफैले आफ्नो समेत दृष्य समावेश गराएका छन् ।

गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन् भने नेपाल मुस्लिम इतेहाद संगठनको नामबाट इदको दिन पारेर लिंक सार्वजनिक गरिएको छ ।

नेकपा एमालेबाट राजीनामा दिएका गौतम सक्रिय रूपमा राजनीतिमा देखिएका छैनन्।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १० : २१ बजे

गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत

महोत्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजावादीहरुको सक्रियतालाई

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन्

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको

बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले

काठमाडौं । सरकारले डा रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी

ज्ञानेन्द्र शाहीको बिष्णु रिमाललाई अर्को कटाक्ष- वडा अध्यक्षको तयारी गर्नुस् !

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा