४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नेपालविरुद्द जिम्बावेः पहिलो एकदिवसीय खेल स्थगित



काठमाडौं । वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय क्रिकेट टससमेत नभई स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेल विहान ९ः३० बजेदेखि सुरु हुने भनिएको थियो ।

तर, लगातारको वर्षापछि खेल ओसिलो मैदानका कारण खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो । खेल तालिका पुनः मिलाइने समेत क्यानले जानकारी दिएको छ ।

नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय शृंखला र तीन खेलको ट्वान्टी क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो ।

शृंखलाअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले जिम्बावेविरुद्धको शृंखला आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को लागि अभ्यास हुने बताएका थिए ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : ३३ बजे

रविको बयान : मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष

सहकारी छानबिनसम्बन्धी संसदीय समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष

पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा

‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम

प्रकाशमान सिंह बने कार्यबाहक प्रधानमन्त्री

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई