३० कार्तिक २०८१, शुक्रबार | November 16, 2024

अर्थतन्त्र गम्भीर मोडमा छ : पूर्वगभर्नर रावल



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् ।

बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वगभर्नर रावलले यस्तो बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र समस्या रहेको तर सरकारले गर्नु पर्ने काम गर्न नसकेको बताए । डा. रावलले विश्व अर्थतन्त्रमा नै समस्या आएकाले नेपालको अर्थतन्त्रमा समस्या आउनु कुनै व्यक्तिको कारण मात्रै नभएको बताए । पछिल्लो समय बढदो आयातले भुक्तानी सन्तुलन बिगारेकाले मुलुकको अर्थतन्त्र दुर्घटना उन्मुख बनेको पनि बताए । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्ने सुझाव राखे ।

डा. रावलले गभर्नर निलम्बन प्रकरणमा २० वर्षअघि आफूले जस्तै महाप्रसाद अधिकारीले न्याय पाएको बताए। उनलेले विश्व व्यापारमा केही नकारात्मक असर परेको हुँदा यसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको बताए । पूर्वगभर्नर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बेला सरकारले गर्नुपर्ने काम गर्न भने नसकेको आरोप लगाए । उनले
अर्थतन्त्रका सूचकहरू हेर्दा सचेत रहने बेला आएको उल्लेख गरे ।

रावले भने, ‘मलाई आज अति खुसी लागेको छ । करिब २० वर्ष अगाडि जुन मारमा म परेको थिए । जुन अदालतले मलाई राहत दिएर पुनः राष्ट्र बैंकमा र्फकाएको थियो । सोही अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि पुनः राष्ट्र बैंकमा र्फकाएको छ । आगामी दिनमा अरु जोस जाग सहित राष्ट्रिय अर्थतन्त्रको हितमा काम गर्न होला । एक वर्षको बजेटभन्दा बढी व्यापार घाटा हुने बेला आयो, भुक्तानी सन्तुलनको अवस्था र चालु खाताको अवस्था खस्किदो छ, कुनै पनि सुचक सन्तोषजनक छैन । अर्थतन्त्र समस्या त छ, तर कुनै एक प्रधानमन्त्री, अर्थमन्त्री, पार्टीका नेताका समस्यामा परेको होइन । ‘राष्ट्र बैंकले केही गर्न सकेन भन्ने कुरा पनि गलत हो, अर्थतन्त्र कुनै व्यक्तिका कारण समस्यामा परेको होइन ।’

पूर्वगभर्नर रावलले नेपालमा स्थानीय उत्पादनमा प्राथमिकता दिँदा नेपालमा अर्थतन्त्रमा टेवा पुग्ने भन्दै उत्पादनमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ५८ बजे

अल्फाबिटाले नेपालगन्जमा शाखा विस्तार गर्दै

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आफ्नो शाखा नेपालगन्जमा पनि

कार्तिक शुक्ल पूर्णिमा : चर्तुमास व्रत विधिवत् समापन

काठमाडौं । आषाढ शुक्ल एकादशीदेखि विधिवत् सुरु भएको चतुर्मास व्रत

भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

वैकुण्ठधाम आध्यात्मिक महोत्सव सम्पन्न, ३ करोड बढी संकलन

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम