१२ पुस २०८१, शुक्रबार | December 27, 2024

यस्तो छ देशभर मनोनयनको अवस्था



काठमाडौं । पहिलो दिन वैशाख ११ गते तुलनात्मक रुपमा कम संख्यामा मनोनयन दर्ता भएपनि दोस्रो दिन १२ गते ठूला दलका उम्मेदवारसहित सबै उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रदेशस्तरमा मनोनयन दर्ता प्रदेशस्तरमा मनोनयन दर्ताको अवस्था हेर्दा सबैभन्दा बढी मधेस प्रदेशमा मनोनयन दर्ता भएको देखिएको छ । सो प्रदेशको प्रमुखमा ८३५, अध्यक्षमा ६०८, उपप्रमुखमा ४२४, उपाध्यक्षमा ३१६, वडा अध्यक्षमा ४७६१, महिला सदस्यमा ३०४६, दलित महिला सदस्यमा २९२१, खुला सदस्यमा ६१९० गरी जम्मा १९ हजार १०१ मनोनयन दर्ता भएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा १४ हजार ७६२ जनाको मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा २९९, अध्यक्षमा ४३६, उपप्रमुख २१८, उपाध्यक्ष ३१९, वडा अध्यक्ष ३४२३, महिला सदस्य २५०६, दलित महिला सदस्य २३२२, खुला सदस्य ५२३९ मनोनयन दर्ता भएको छ । सोहीअनुसार प्रदेश १ मा १४ हजार ९३४ जनाले मनोनयन दर्ता गराएका छन् । सो प्रदेशको प्रमुखमा ३३३, अध्यक्ष ४३१, उपप्रमुख २२७, उपाध्यक्ष ३४६, वडा अध्यक्ष ३५४४, महिला सदस्य २५३५, दलित महिला सदस्य २२१८ र खुला सदस्यमा ५३०० मनोनयन दर्ता भएको छ ।

त्यस्तै, बागमति प्रदेशमा जम्मा १३ हजार २९४ जनाले मनोनयन दर्ता गर्नुभएको छ । सो प्रदेशको प्रमुख ४१६, अध्यक्ष ४३२, उपप्रमुख २४४, उपाध्यक्ष २७३, वडा अध्यक्ष ३४१२, महिला सदस्य २१४३, दलित महिला सदस्य १७७७ र खुला सदस्य ४५९७ मनोनयन दर्ता भएको छ । सोहीअनुसार गण्डकी प्रदेशमा ६ हजार ५९३ मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा १५७, अध्यक्षमा १९७, उपप्रमुखमा ९२, उपाध्यक्ष १५६, वडा अध्यक्ष १५८८, महिला सदस्य १०७९, दलित महिला सदस्य ९६८, खुला सदस्य उम्मेदवारीमा २३५६ मनोनयन दर्ता भएको छ ।

त्यस्तै, कर्णाली प्रदेशमा जम्मा ६ हजार ६१८ उम्मेदवारी परेको छ । सो प्रदेशको प्रमुखमा १३५, अध्यक्ष २१७, उपप्रमुख ११५, उपाध्यक्ष १८७, वडा अध्यक्ष १७३६, महिला सदस्य १०८२, दलित महिला सदस्य ९२० र खुला सदस्य २२२६ मनोनयन दर्ता परेको छ । सोहीअनुसार सुदूरपश्चिम प्रदेशमा जम्मा ६ हजार ९०८ मनोनयन दर्ता भएको छ । सो प्रदेश भित्रको प्रमुखमा १६८, अध्यक्ष १७६, उपप्रमुख १२५, उपाध्यक्ष १२९, वडा अध्यक्ष १७१२, महिला सदस्य ११६३, दलित महिला सदस्य १०५५ र खुला सदस्य २३८० मनोनयन दर्ता भएको छ ।

यसरी सातवटै प्रदेशको जम्मा प्रमुखमा २३४३, अध्यक्ष २४९७, उपप्रमुख १४४५, उपाध्यक्ष १७२६, वडा अध्यक्ष २०१७६, महिला सदस्य १३५५४, दलित महिला सदस्य १२१८१ र खुला सदस्य २८२८८ मनोनयन दर्ता भएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : ५९ बजे

तिलावे पुल मर्मतसम्भारको माग

वीरगञ्ज । पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

बनियानी । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक

ट्रेड युनियनलाई प्रतिबन्ध लगाउनुपर्नेमा राजनीतिक दलहरू एकमत

स्थायी सरकार मानिने निजामती कर्मचारीतन्त्रमा राजनीतिक दलपिच्छेका ट्रेड युनियनलाई प्रतिबन्ध

रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नवलपुरको नमूना सदरमुकाम निर्माणको बाटो

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेर बिहिबार